• १६ भदौ २०८१, आइतबार

प्रमोद र ममताको सहकार्यमा ‘तप तप आँशु’

blog

काठमाडौं, भदौ २६ गते। गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक भएको छ। ममता मिश्रको शब्द सिर्जना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमभावलाई नजिकबाट केलाइएको छ।

गीतमा नवीन कार्कीको संगीत रहेको छ। गीतलाई निर्देशक केशव भट्टले कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ। निर्देशक भट्टले तप तप आँशु बोलको गीतको भिडियोले हरेक प्रेमील जोडीको  मन छुने बताउनुभएको छ।

गीतकार ममता मिश्रको अफिसियल च्यानलबाट बजारमा ल्याएको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको भिनय देख्न सकिन्छ। गीतकार मिश्रका तिमीले चुमेको, म सागर थिएलगायतका गीत यसअघि नै बजारमा आइसकेका छन्। उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ।