वर्षा लागेसँगै सप्तरीका कतिपय सडकमा खाल्डाखुल्डीले यात्रुको यात्रा असहज बन्दैगएको छ । ग्रामीण क्षेत्रसँगै सदरमुकाम राजविराजको सडकको अवस्था खासै फरक नरहेको स्थानीयको गुनासो छ ।
बहुप्रतिक्षित कुर्था–बिजलपुरा १७ किमी ब्रोडगेज रेलमार्गको उदघाटन गरिएको छ । भारत सरकारको एक हजार २५० करोड अनुदान सहयोगमा भारतीय रेलवे कम्पनी इरकन इन्टरनेशनल प्रालिले निर्माण सम्पन्न गरेको रेलवे ट्रयाकको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतवार उदघाटन गर्नुभयो ।
मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडकखण्डअन्तर्गत हेवा खोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ। बाढीले पुल बगाएको २९ दिनपछि आइतबार बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो।
इलामको सूर्योदय नगरपालिकामा किसानले पाउने दूधको मूल्य नेपाल सरकारले तोकेकै दरलाई कार्यान्वयन गर्ने सहमति भएको छ । दुग्ध उत्पादन नबिकेको भन्दै डेरीहरूले किसानलाई दिइरहेको मूल्य घटाउने प्रयास गरेका थिए ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास–निर्माणका काममा राजनीतिक दलबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ। उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरु जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्नेमा जोड दिनुभएको छ।
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले सोमबार भारत ‘ए’ को सामना गर्दैछ ।
नेपाल स्की सङ्घको अध्यक्षमा फेरि जीवनराम श्रेष्ठ चयन हुनुभएको छ । सङ्घको आइतबार भएको पाँचौं साधारण सभाले जीवनरामको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार बढ्दो भिडलाई व्यवस्थापन गर्न र कामलाई थप व्यवस्थित गर्न पालिका अनुसार आलोपालो प्रणाली लागु गरिएको छ भने टोनक प्रणालीमा सेवा प्रवाह भइरहेको छ ।
नेपाल भलिबल सङ्घले राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको छ ।
बागमती प्रदेश सभाबाट पारित भएको दुई वटा विधेयक बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार प्रमाणीकरण गर्नुभएको छ ।
कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ।
नगरपालिकाले फोहोर सङ्कलन र व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपी नेपाल र वास स्वास्थ्य सहकारी संस्थासँग सहकार्य गर्दै आएको छ ।
अर्जेन्टिनाका विश्व चर्चित फुटबल स्टार लियोनल मेस्सी अमेरिकी सकर क्लब इन्टर मियामीमा औपचारिक रुपमा अनुबन्धित हुनुभएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ।