नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप हुनुभएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई मनोनयन गर्नुभएको जानकारी दिनुभयो।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ। चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ।
साउन महिना सुरु हुन लागिसक्दा समेत बाँकेमा प्रयाप्त वर्षा नहुँदा हालसम्म ५० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र नेपालगञ्जका अनुसार असार–साउन महिना सुरु हुन लागेको बेलासम्म पनि पश्चिम नेपालमै सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्ये बाँकेमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत मात्र रोपाइँ सकिएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ।
सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ। बाढीमा परेर बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको हो।
तुलसीपुर बहुप्राविधिक शिक्षालय कृषि तथा वन विज्ञानमा अध्ययनरत विद्यार्थीले पढ्दै कमाउँदै अभियान अन्तर्गत पुष्प व्यवसायलाई थप विस्तार गर्न प्रविधिको प्रयोग गर्न थालेका छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोको जोखिममा रहेको ओदक बस्तीलाई स्थानान्तरण गरिने भएको छ। मैवाखोला गाउँपालिका–४ साँघुको ओदक बस्तीका ६४ घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने भएको हो।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्पूर्ण सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्ति केन्द्रको भूमिकाबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कर्णाली प्रदेशका नागरिकको हरेक घरमा अब प्रहरीको सम्पर्क नम्बर रहनेभएको छ । सुरक्षित कर्णाली बनाउने अभियानअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आइतवारदेखि प्रदेशका १० वटै जिल्लामा नागरिकका घरका मूल ढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँस अभियान सुरु गरेको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताउनुभएको छ।
दाङको धारपानीमा पुरुषोत्तम महात्म्य एव्म श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन हुने भएको छ ।
उपन्यासकार कल्पना खरेलको चर्चित उपन्यास ‘रानी तलाउ’लाई एक हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
देशका धेरै पालिकामा उखु खेती गर्ने किसानको सङ्ख्यामा कमी आइरहेका बेला रुपन्देहीको सैनामैना नगरपालिका –५ सेरुवामा भने व्यावसायिक रुपमा पहिलो पटक उखु खेती सुरु गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० छन् ।
त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका चार हजार ८ सय घरधुरीमा प्रहरीले सुरक्षित कर्णाली विशेष अभियान २०८० अन्तर्गत फोन नम्बर सहितको स्टिकर टाँस गर्न सुरु गरेको छ ।