• ४ जेठ २०८२, आइतबार

राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

blog

राष्ट्रपति रामचन्द्र पौडेल बजेटसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं, असार ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० छन् । 

सङ्घीय संसदबाट पारित भई नेपालको संविधान अनुसार प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकलाई प्रमाणीकरण गर्नुभएको जानकारी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो । 

यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्नका लागि बाटो खुलेको छ ।