• १३ साउन २०८१, आइतबार

कृष्णनगर भन्सारबाट ६५ प्रतिशतले बढ्यो निर्यात

blog

जानु पाण्डे

कपिलवस्तु, भाद्र २६ गते । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट हुने निर्यात ६५ प्रतिशतले वृद्धि भएको छ । कार्यालयका अनुसार भन्सार कार्यालयको निर्यात हालसम्मको सबैभन्दा उच्च रहेको बताइएको छ ।

आर्थिक वर्ष ९आव० ०७८र०७९ मा प्लाइउड, रोजिन र काठले बनेका सामग्रीको निर्यात बढेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५ अर्ब ४३ करोड ४४ लाख ३७ हजार रूपियाँ राजस्व असुली गरिएको थियो । गत वर्ष भन्दा १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व असुली भएको छ ।

सो भन्सार नाकाबाट सबैभन्दा धेरै निर्यात हुनेमा प्लाइउड र रोजिन रहेको छ । गत आव मा २६ करोड २३ लाख ५४ हजारको रोजिन निर्यात भएको थियो । अघिल्लो भन्दा ८ करोड ५३ लाख ५९ हजारले बढेको छ ।


यसैगरी, गत आवमा १४ करोड ८० लाख ४५ हजारको प्लाइउड निर्यात भएको थियो । यसैगरी ५ करोड ६२ लाखको टर्पेन्टाइन तेल, ३ करोड ६६ लाखको सुगन्ध कोकिला तेल भारततर्फ निर्यात गरिएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्धन पौडेलले बताउनुभयो ।

कार्यालयले ५ अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व असुली गरेको थियो । गत वर्ष भन्दा १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व असुली गरेको कार्यालयले जनाएको छ । कार्यालयबाट गत आर्थिक वर्षमा २६ अर्ब ८१ करोड ३८ लाख ९४ हजार ५५ रुपियाँको सामग्री आयात भएको छ ।

आव ०७७र०७८ मा २४ अर्ब ४९ करोड ९ लाख ९ हजार २८८ को आयात भएको थियो । सबै भन्दा धेरै आयात हुनेमा चामल र फलफूल रहेका छन् । 

आर्थिक वर्ष ०७८र०७९ मा सो भन्सार हुँदै ६ अर्ब ३३ करोड १ लाख ४६ हजारको चामल आयात भएको थियो । अघिल्लो वर्ष भन्दा ७८ प्रतिशतले चामल आयात बढेको छ । आव ०७७र०७८ मा ३ अर्ब ५४ करोड ६३ लाख २० हजारको चामल आयात भएको थियो ।

गत आर्थिक वर्षमा २ अर्ब ९६ करोड ५० लाख ३५ हजारको फलफूल निर्यात भएको थियो । सो रकम अघिल्लो आव भन्दा ४६ करोड ९७ लाख १३ हजारले बढी हो ।