• २८ फागुन २०८२, बिहिबार

मगिस र आयुष्माको ‘धर्ती आकाश’ सार्वजनिक

blog

मगिस गौतम र आयुष्मा कार्की

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २८ गते । नेपाली आधुनिक पप जनराको ‘धर्ती आकाश’ बोलको गीत बिहिवार एक कार्यक्रमविच सार्वजनिक गरिएको छ । मायाप्रेमको प्रेमिल कथा समेटिएको उक्त गीतलाई थुमन शर्माको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । 

गीतमा आयुष्मा कार्की र मगिस गौतमको अभिनय रहेको छ । मगिसको यो पहिलो डेव्यु अभिनय हो । शिवराज गौतमको शब्द तथा सङ्गीत रहेको गीतमा यश गौतम र कजिना ढकालले स्वर दिनुभएको छ । गीतलाई उसाल कार्कीले सम्पादन गर्नुभएको छ ।

गौतमकै निर्देशनमा तयार भएको गीतको सङ्गीत संयोजन आकाश रणपालको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ रुविन मगरले गर्नुभएको छ । पहिलो डेव्यु गर्दा कतै गीत बिग्रने हो कि भन्ने डर हुँदाहुँदै पनि अभिनय गर्ने आँट गरेको कलाकार मगिसले बताउनुभयो । सानैदेखिको रहर भएको हुनाले पनि गीतसङ्गीतमा लागिपरेको उहाँको भनाइ छ ।