• २८ फागुन २०८२, बिहिबार

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा स्वीट्जरल्यान्डका एरेना नियुक्त

blog

प्रशिक्षकको सम्झौता पत्र आदानप्रदान गरिँदै । तस्बिर : एन्फा

काठमाडौँ, फागुन २८ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षकमा स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नियुक्त हुनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार एरेनालाई प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाले प्रशिक्षक एरेनालाई एक वर्षको जिम्बेवारी दिएको बताईएको छ ।

इटालीकासमेत नागरिक ५२ वर्षीय एरेनाले यसअघि लाओस र मोरक्कोको क्लब एमएएस फेस सम्हाल्नुभएको थियो ।