लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकमा नेताहरूले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
सदरमुकाम बेनीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको म्याग्दी सेवा केन्द्रमा बचत गरेका झण्डै तीनसय जनाको ४ करोडभन्दा बढी रकम फिर्ता नभएको भन्दै उजुरी परेको छ ।
सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ । सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको हो ।
नाबालिका बैनीलाई बलात्कारको अभियोगमा तनहुँ अदालतले तनहुँको भानु नगरपालिकाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।
अमेरिकी इतिहासमा पहिलो पटक अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ) का सभामुख केभिन म्याककार्थीलाई पदबाट हटाइएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साउन २८ गतेको बाढीले क्षतिग्रस्त बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिनुभएको छ ।
झापाको दमक नगरपालिकाले बजार अनुगमनको क्रममा अनुगमन गर्दा मापदण्ड पूरा नगरी र फोहोरमैलायुक्त रूपमा पाउरोटीलगायतका विभिन्न बिस्कुटहरू उत्पादन गर्दैआएको न्यूहिमालय पाउरोटी उद्योगको उत्पादनमा रोक लगाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्नुहुँदै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ । रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले आज मन्त्री भुसाललाई किसानको उत्पादित धान समर्थन मूल्यमा खरिद गर्न खाद्य संस्थानबाट एक पालिका एक खरिद केन्द्र स्थापना, बाढीबाट बाली प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था, किसान सुरक्षा कोष लागू गर्नेलगायत नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा मङ्गलबार दिउँसो १ बजेबाट जारी गरेको कर्फ्यु लगाएर नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालन गरेपछि अहिले आएर नगरको अवस्था सामान्य बन्दैगएको छ ।
वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनी ६ लाख रुपियाँ ठगी गर्ने तनहुँ व्यास नगरपालिका वडा नं.१२ का रञ्जन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा नुन, चिनी, चामल, दाल लगायतका अत्यावश्यक वस्तुहरूको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले दसैँ– तिहारका लागि सहुलियतमा खाद्यान्न बिक्री गर्नुभएको छ । सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले लिमिटेडले सहुलियतमा खाद्यान्न बिक्री गर्न लागेको हो ।
इलामको माङसेबुङ गाउँपालिकामा रहेका अव्यवस्थित तथा भूमिहीन परिवारलाई जग्गाको निस्सा प्रदान गरिएको छ । भूमि आयोगको कार्यक्रमअनुसार गाउँपालिकाले दुई हजार पाँचसय ८५ परिवारलाई जग्गाको निस्सा प्रदान गरेको हो ।