धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नमोबुद्धमा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बढाएको छ । नमोबुद्धको महत्व र यसको विशेषतालाई पदयात्राले प्रवद्र्धन गरेको छ । पूर्वाधार विकास निर्माण र प्रचारप्रसारका साथै आफ्नो ठाउँको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण विकासमा नमोबुद्ध नगरपालिकाले विशेष जोड दिँदै आएको छ । नगरपालिकाले नमोबुद्धको पहिचान, ऐतिहासिक एवम् धार्मिक महत्वका बारेमा प्रचार, संरक्षण, संवद्र्धन र विकासमा निरन्तरता दिँदै आएकामा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बनाएको नगरपालिकाले जनाएको छ ।
प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो-कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जङ्गलमा सङ्कलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् ।
अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न चीन भ्रमणको बेइजिङले स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले चीनका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने आशा गरिएको बेइजिङले बताएको छ ।
सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले बुधबार पनि प्रदर्शन जारी राखेका छन् ।
पर्वतमै पहिलो पटक नागरिकमैत्री हेलिप्याडको निर्माण भएको छ । यहाँको जलजला गाउँपालिकास्थित वडा ४ को भवानीपानी भन्ने स्थानमा नेपाली सेनाको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण गरिएको हो ।
बढी भुक्तानी रकम लिएको आरोपमा १३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा बिल भरपाई बनाएर बढी भुक्तानी रकम लिएको आरोपमा रोल्पाको गङ्गादेव गाउँपालिका-२ घोरानेटी सोलार पम्पिङ खानेपानी निर्माण आयोजनामाथि आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित मजुवामा ट्रकले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वीराजमार्ग चार घण्टापछि सुचारु भएको छ ।
भारतबाट भन्सार राजश्व छली गरी नेपाल भित्र्याइएको १२ लाख मूल्य बराबरको अवैध सामान प्रहरीले पक्राउ गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको सुनौली बजारबाट सल्लीबजार जाँदै गरेको ०२००१ ह १११५ नम्बरको अटो सल्ली रुकुम चौरजहारी सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका ६ बयलडाँडी नजिकै दुर्घटना भएको हो ।
बर्दिबास नगरपालिकाको लामो प्रयासपछि बर्दिबास अस्पतालमा शव परीक्षण (पोष्टमार्टम) सेवा सुरु भएको छ । सवारी दुर्घटनामा मृत्यु भएको बर्दिबास–३ गौरीडाँडाका ५२ वर्षीय काजी कार्कीको पहिलो शव परीक्षण गरी बुधवारदेखि यो सेवा सुरु भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबिच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका सभामुख डिकबिच सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो ।
काठमाडौँ महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपस्थित घुन्सा खोलको पुल भाँचिदा दर्जनौँ चौँरी घाइते भएका छन् । चरनबाट फर्किएका चौँरी तर्ने क्रममा घुन्सा खोलाको फलामे झोलुङ्गे पुल भाँचिदा दर्जनौँ चौँरी घाइते भएका हुन् ।
जनावरहरूको संरक्षण गर्नाका साथै महत्वका बारेमा जागरूक गराउन हरेक वर्ष अक्टोबर ४ मा विश्व पशु दिवस मनाइन्छ ।
सो कार्यालयले मङ्गलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।