डडेलधुराको मणिलेक गाउँका ४८ वर्षीय लक्ष्मीप्रसाद अवस्थी गाउँघरमा पढलेख गरेको युवाका रूपमा परिचित हुनुहुन्छ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट विद्यार्थी राजनीति सुरु गरेका अवस्थी नेपाल तरुण दल हुँदै कांग्रेस पार्टीको जिल्ला कार्यसमिति सदस्य, सचिव र हाल उपसभापति हुनुहुन्छ । स्थानीय तहको निर्वाचनबाट नवदुर्गा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका अवस्थी गाउँका आशालाग्दा युवानेता हुनुहुन्छ । प्रस्तुत छ, अध्यक्ष अवस्थीसँग गोरखापत्रका अमरगढी समाचारदाता पुष्कर भण्डारीले गरेको सङ्क्षिप्त कुराकानी : तपाईं निर्वाचित भइसकेपछि के के काम गर्नुभयो ?
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिराले सडक अवरुद्ध बनेको हो । पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।
अबिरल वर्षासँगै खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिराको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
बजारमा दुई साताको अवधिमा सुनको मूल्य तोलामा छ हजार चार सय रुपियाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य घट्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत असोज २ गते प्रतितोला सुनको मूल्य एक लाख १३ हजार रुपियाँमा रहेकामा मङ्गलबार घटेर एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको छ । असोज महिनादेखि स्थानीय बजारमा लगातार सुनको मूल्य घट्दै गएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अमेरिकी फिडरल बैङ्कले ब्याजदर बढाएपछि डलर मजबुत हुँदा सुनको मूल्य घट्दै गएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा समेत मूल्य घट्दै गएको उहाँको भनाइ छ ।
कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।
अहिले पनि कोरोना अर्थात् कोभिड–१९ भाइरसको सङ्क्रमणबाट विश्व पूर्ण मुक्त भइसकेको छैन । चीनबाट सुरु भई विश्वव्यापी भएको कोरोना सङ्क्रमणले तीव्र रूपमा मानवको ज्यान जान थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापी आपत्काल घोषणा गरेको थियो । यो महामारी सन् २०२१ को जनवरीमा उच्च बिन्दुमा पुग्यो । विश्वव्यापी रूपमा केही दिनमै लाखौँको ज्यान गयो । कोभिड–१९ विरुद्ध औषधी एवं खोप विकास नभएको कारण विश्वभर ‘लकडाउन’ गरी मानव आवागमन प्रतिबन्धित गर्नु परेको थियो । यस कारण जनस्वास्थ्य र विश्व अर्थतन्त्रमै ठुलो सङ्कट पैदा भयो । त्यो अवस्थामा स्रोत र जनशक्ति सम्पन्न मुलुक, वैज्ञानिकहरू कोरोनाविरुद्धको खोप विकास गर्न अनुसन्धानमा लागिपरे र बाजी मारे अमेरिकी वैज्ञानिकले । कोरोनाविरुद्धको खोप निर्माणको पथप्रदर्शन गरेका तिनै दुई वैज्ञानिक–काटालिन कारिको र ड्र वाइस्मानलाई संयुक्त रूपमा यस वर्षको चिकित्सा
विधिशास्त्रको मान्यता अनुसार कानुनको अज्ञानता क्षम्य हुँदैन । कानुन सबैले जानेकै र पालना गरेकै हुनुपर्ने तथा यसको अवज्ञा गरिएको खण्डमा दण्ड र सजाय हुने परिकल्पना गरिएको छ । त्यस्तै पीडितलाई न्याय र पीडकलाई सजायको समेत कानुनमा व्यवस्था गरिएको पाइन्छ । अनुसन्धान गरिँदा निर्दाेष नपरुन् तथा दोषी नछुटून् भन्ने आदर्श वाक्यलाई हृदयङ्गम गरी अनुसन्धान अधिकृतले हरदम चनाखो हुनुपर्ने मान्यतासमेत रही आएको छ । यो आलेख हालैका दिनमा कसुरजन्य कार्यको अभियोग लागेका तथा विभिन्न अदालतबाट फैसला भई सुधारात्मक अवधि भुक्तान गरिरहेका बालकद्वारा भक्तपुरको ठिमी, पर्साको वीरगन्ज बिर्तास्थि
जाजरकोटमा एउटै आयोजनामा दुई कार्यालयबाट लिएको रकम उपभोक्ता समितिले फिर्ता गरेका छन् । पूर्वाधार विकास कार्यालय जाजरकोटबाट दोहोरो भुक्तानी लिएको १२ लाख ८२ हजार ७ सय २२ रुपैयाँ फिर्ता भएको हो ।
सूचना प्रविधिको विकासले मानिसलाई यति धेरै सहज बनाइदिएको छ कि एउटा मोबाइल फोनमै विश्व भेटिन्छ । प्रविधिकै माध्यमबाट मानिसहरू सामाजिक सञ्जालमा समेत जोडिएका छन् । यस हिसाबले हेर्दा सामाजिक सञ्जालले मानिसको जीवन सहज पनि बनाएको छ तर यसको दुरुपयोगले अति कष्ट पनि दिएको छ । जीवन नै तहसनहस भएको छ, घरपरिवार विछोडिएको छ । सामाजिक सञ्जाल अहिले सूचना वा विचार प्रवाहको सबैभन्दा भरपर्दो माध्यम बनेको छ । यसको दुुरुपयोगले धेरै
१. बलिउड फिल्म नगरीको सबैभन्दा प्रतिष्ठित अवार्ड दादासाहेब फाल्के अवार्ड–२०२३ कसलाई प्रदान गरियो ? अभिनेतृ वहिदा रहमन – अभिनय र नृत्यको खानी वहिदालाई बलिउडमा सुन्दर अभिनेत्रीको उपमा दिइन्थ्यो । – उनले यसभन्दा अघि भारतको राष्ट्रिय फिल्म अवार्ड, फिल्म फेयर अवार्ड, पद्मश्री अवार्ड, पद्म विभूषणलगायत दर्जनौँ पुरस्कार जितेकी ।
भन्सार जाँचपासपछिको परीक्षण विधि १. भन्सार जाँचपासपछिको परीक्षण भनेको के हो ? जाँचपासपछिको परीक्षण किन गरिन्छ ? जाँचपासपछिको परीक्षण गर्नाका फाइदाहरू उल्लेख गर्नुहोस् । भन्सार जाँचपासको क्रममा उपल
चार दिन देखि पर्वतको कुस्मा नगरपालिका ८ समादी खोलाबाट बेपत्ता एक जनाको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरू राष्ट्रका गौरव भएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित ‘रातो टिकी’ बोलको गीत सार्वजनिक कार्यक्रममा उहाँले कलाकारितामार्फत कलाकारले देशको मान प्रतिष्ठा बढाउने काम गरेकाले उनीहरू देशको गौरव भएको स्पष्ट पार्नुभयो ।
नेपाल टेलिभिजनमा बिहीबारदेखि ‘प्रारम्भ’ सुरु हुने भएको छ । नेपाल दृश्य र नेपाल टेलिभिजनको सहकार्यमा निर्माण हुन लागेको यो कार्यक्रममा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको विषयमा छलफल र बहस चलाइने कार्यक्रम निर्माताले जानकारी दिएका छन् ।
लगातारको वर्षा बुधवार पनि बिहानै देखि निरन्तर जारी छ । बुधवार दिनभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।