लामो समयसम्मको प्रयासपछि तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पताललाई जग्गा प्राप्त भएको छ। अस्पताल विकास समितिले धेरै पहिलादेखि नै जग्गा प्राप्तीको लागि पहल कदमी गरिरहेको भएपनि भोगचलनको लागि हालै स्विकृत पाएको हो।
काठमाडौं, भदौ १४ गते । गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो । चलचित्रलाई सिनेमा हलहरूले अन्याय गरेको उनीहरूको आरोप छ। शुक्रबार ४५ सो पाएको चलचित्रले शनिबार ५० सो र तीजको दिन ५५ सो भन्दामाथि पाउने आस गरे पनि अपेक्षाकृत रूपमा हलले सो नदिएको उनीहरूको आरोप छ। नेपाली फिल्म राधाले दर्शकको राम्रो प्रतिक्रिया पाएको तर हलले प्रदर्शनको समय नदिएको उनीहरूको गुनासो छ। पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक सुवर्ण थापाले हलहरूले दर्शक जाँदाजाँदै पनि सो घटाएर अन्याय गरेको बताउनुभयो। उहाँले फिल्म लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शक आइरहेको बेलामा सो नै नदिनु नेपाली चलचित्र क्षेत्रमै अन्याय भएको बताउनुभयो। आफूसँगै प्रतिस्पर्धामा रहेको प्रकाश चलचित्रले पनि पत्रकार सम्मेलन गरेपछि मात्रै केही सोहरू बढाएको बताउनु भयो। त्यस्तै अभिनेता सौगात मल्लले हलले सो नदिए वैकल्पिक उपाय सोच्नुपर्ने बताउनुभयो। अभिनेत्री श्रृष्टि श्रेष्ठले अब चाँडै अर्को विकल्प खोजेर दर्शकसामु पुग्ने बताउनुभयो। उहाँले वैकल्पिक उपायबाट दर्शकसँग जोडिने बारेमा छलफल भइरहेको र अन्यायमा पर्ने अन्य फिल्महरुका बारेमा यसले सहयोग पुग्ने बताउनु भयो। सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगात र श्रृष्टीबाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुष्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय छ। फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेण्ट युके, मण्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्शनको एसोसिएसनमा निर्माण भएको हो। फिल्म वीरजना इन्टरटेन्मेण्ट तथा विक्रमदास जोशी सह-निर्माता रहेका छन्। फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ।
मंगलबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य सुधार भएको छ ।
सप्तरीसहित मिथिला क्षेत्रमा मंगलबार चौरचन पर्व मनाएका छन् भने तीज पर्व हिन्दु नारीले मनाएका छन्।
नेपालगन्ज म्याराथन कोर्स अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको नाप लिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ।
ऊर्जा,जलस्राेत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
केन्याविरुद्ध टी–२० सिरिजको पाँचौं तथा अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–८ सुख्खानगरका २८ वर्षीय सन्दीप शाक्य रहेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारसम्बन्धी कानुन टुङ्गोमा पुर्याउन सरकार सकारात्मक रहेको बताउनुभएको छ । मंगलबार पत्रकार महासंघका प्रतिनिधिसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायात क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराउनु भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरे पनि नहुने भएको छ ।
भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।
बडिमालिका माईको थाकथलोमा जान कालीकोट र बाजुरा जिल्लाको सीमा स्तम्भ भएको लैडिबिनायकसम्म मानव लस्करले सुन्दर पाटन झन् सुन्दर देखिने गर्दछ । बाजुरा जिल्लाका भक्तजनहरु पनि त्रिवेणीमा आएर स्नान गर्नुपर्ने अनिवार्य जस्तै छ । शुद्ध हुन त्रिवेणीमा आउने स्नान गर्ने, पुजारीले त्रिवेणीमा सबै धातुले बनेको गजुरलाई नुहाउने चलन छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।