विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रुपमा सार्वजनिक गरेको प्रतिवेदनमा आयात प्रतिबन्ध हटेको, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपनलगायतका कारणले सन २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर तीन दशमलव नौ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।
खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले नेपालका तीन क्षेत्र भूकम्पीय उच्च जोखिममा रहेको बताउनुभएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो औल्याइएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले श्रीमानको मृत्यु भएपछि आफ्नो जीवन खुशीले बाच्न पाउने महिलाको अधिकारलाई समाजले विस्तारै स्वीकारेको बताउनुभएको छ ।
बझाङमा आजै दुई पटक ठूला र त्यसपछि पनि लगातार पराकम्प गइरहेका छन् ।
चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले एक खर्र्ब ६८ अर्ब ९१ करोड रुपियाँ राजश्व सङ्कलन गरेको छ ।
मङ्गलबार दिउँसो गएको भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् ।
अठार महिनाअघि शिक्षा सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकाल्दा शोभा पौडेलका भूईमा खुट्टा थिएनन् । दृष्टिविहीन उहाँलाई जीवन धान्ने आधार पाएको आभास भएको थियो । तर अहिले उहाँलाई शिक्षकको त्यही जागिर निल्नु त ओकल्नु भएको छ ।
पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ ।
पश्चिम नेपालमा भूकम्प गएको छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठान, भाषा (मातृभाषा कोश र व्याकरण) विभागले नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको एक सय ५६ औँ जन्मजयन्ती तथा विचार गोष्ठी आयोजना गर्यो । प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त गोष्ठी शुभारम्भ गर्दै इतिहासको पूनर्लेखनसहित महाकवि सिद्विदास महाजुको व्यक्तित्व र कृतित्वलाई उजागर गर्नुपर्ने आवश्यकता औँल्यउनुभयो ।
नाम्खा गाउँपालिका–५ को तुम्कोटमा कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएको छ । कर्णाली नदीमाथि बेलिब्रीज निर्माणसँगै सात घण्टा लाग्ने बाटोमा अब एक घण्टा १५ मिनेटमा छोटिएको छ ।
जैविक विविधता र सिमसार क्षेत्रको रुपमामात्र होइन पर्यटकको गन्तव्य क्षेत्रको रूपमा समेत महत्त्वपूर्ण छ कैलालीको घोडाघोडी ताल ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गर्नुभएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसिसी, अमेरिकाका सिइओ एलिस अलब्राइटबिच मङ्गलबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।