बाँकेस्थित महेन्द्र पुस्तकालय नेपालगञ्जले आयोजना गरेको नेपाल–भारत साहित्य सङ्गोष्ठीमा भाषा आयोगका दुई जना सदस्यसहित नेपाल र भारतका २० जना साहित्यकारलाई सम्मान गरिएको छ । पुस्तकालयले भाषा आयोगका सदस्यद्वय डा. अमर गिरी र गोपाल अश्क, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मीलाई सम्मान गरेको हो ।
जाजरकोटमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ । नलगाड नगरपालिका ४ प्याराधार निवासी ४० वर्षीय दीपक सार्कीको आइतबार दिउँसो रुखबाट लडेर मृत्यु भएको हो ।
उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितसँग भएको सहमतिअनुसार गठन हुने न्यायिक आयोग अधिकार सम्पन्न हुने बताउनुभएको छ। सरकार र पीडितबीच भएको सहमतिबारे प्रतिनिधि सभामा जानकारी दिँदै मन्त्री श्रेष्ठले आयोगले उजुरी लिने, अनुसन्धान र कारबाहीका लागि सिफारिस गर्ने बताउनुभयो।
कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो ।
नेपालमा मस्तिष्क मृत्यु (ब्रेनडेथ)सम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि हालसम्म पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ जनामा अङ्ग प्रत्यारोपण गरिएको छ । तीमध्ये १० जनामा मिर्गौला प्रत्यारोपण र तीन जनामा कलेजो प्रत्यारोपण गरिएको हो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारको नीति तथा कार्यक्रम र बजेट ‘ट्र्याक’ बदल्ने गरी आउने जानकारी दिनुभएको छ । राज्यको स्वामित्वमा रहेका सार्वजनिक सञ्चारमाध्यमका व्यवस्थापन तथा सम्पादकीय नेतृत्वसँगको छलफलका क्रममा आइतबार उहाँले उक्त जानकारी दिनुभएको हो ।
चितवन, बारा र तनहुँमा आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने बताउनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिन चाहनेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सक्नुहुनेछ ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि सोमबार मनोनयन पेस गर्न जाँदा ब्यानर, झण्डा, बाजागाजासहित जान नपाइने जनाएको छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा सर्वोच्च अदालतको व्याख्या गर्नुपर्ने बताउनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बारामा सेवाग्राहीसँग घुस लिएको आरोपमा एक जना कर्मचारी र लेखापढी सहयोगीलाई पक्राउ गरेको छ ।
विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता आर्टिफेसिएल इन्टिलिजेन्ट (एआई) को छुट्टै स्थान छ।
सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो।
प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने विभिन्न विषयमा विद्यार्थीलाई दीक्षित गर्नुभएको छ ।
गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीतसङ्गीत ‘नगाइएका गीतहरू’ सार्वजनिक भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच त्यसको सार्वजनिक गर्नुभएको हो ।