समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने ३१ प्रतिशत रकम सबै श्रमिकको तलबबाट काट्ने व्रmम बढेको पाइएको छ । सामाजिक सुरक्षा ऐन २०७४ अनुसार योगदानकर्ताको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम मासिक रूपमा कोषमा जम्मा गर्नुपर्ने भए पनि पछिल्लो समय केही रोजगारदाताले ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट कटाएर पठाउने गरेको पाइएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ ।
मुलुकमा धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न र आउँदै गरेका चाडपर्वका बेला स्वच्छ बजार व्यवस्थाका लागि सरकारले दुई वटा बेग्लाबेग्लै प्रस्ताव पारित गरेको छ। मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले ती प्रस्ताव पारित गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रस्तावमार्फत सरकारले वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय तथा साम्प्रदायिक सद्भाव कायम गर्न अपिल गरेको छ। पारित प्रस्तावमा भनिएको छ, “विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित
वैदेशिक रोजगार विभागले शङ्कास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न १४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी निलम्बनमा परेका छन् । विभागका अनुसार जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न भएको पाइएपछि ती म्यानपावरलाई निलम्बन गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना– २०८०’ मार्गचित्र कार्यान्वयनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन गरेको छ । मन्त्रालयले कार्ययोजना तयार गरे पनि मन्त्रीपरिषद्बाट स्वीकृत भने भइसकेको छैन । मङ्गलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको हो ।
नाइजेरियाको उत्तरी राज्य केबीको एक स्थानीय नदीमा यात्रुबाहक डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन् ।
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको ‘धो ’ मा खोलाको किनारमा चर्दै गरेका चौरीहरु ।
थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल) मा मङ्गलबार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
दोस्रो टि २० ह्विलचियर क्रिकेट एसिया कप २०२३ नेपालमा बुधबार सुरु हुँदैछ । सन् २०१९ मा पहिलो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको शिक्षा क्षेत्र सुधारका लागि सिकाइ केन्द्र बनाउने बताउनुभएको छ ।
गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला प¥यो ।
अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ ।