खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिकाले खाद्यअधिकार तथा कृषि रणनीतिक योजना बनाउन सुरु गरेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरू राष्ट्रको गौरव भएको बताउनुभएको छ ।
सुडानको हिंसात्मक द्वन्द्वबाट पलायन भएका हजारौँ दक्षिण सुडानी शरणार्थीहरूले ‘भोकमरी आपत्काल’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले ‘स्वर्णिम योजना–साथी महानगर’ को उद्देश्यले तयार पारिएको विवरण उपलब्ध गराउन सबै वडामा अनुरोध गरेको छ ।
कालीकोटमा बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । बालविवाहका कारणले जिल्लामा २० वर्षमुनि उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो ।
मधेश प्रदेश सभाको बैठक नबसेको कारण दुई वटा विषयगत समितिले पूर्णता पाएको छैन । समितिका सदस्य चयन भइसकेता पनि समितिका सभापति चयन गर्न नसक्दा विधेयक उपर दफावार छलफल अगाडि बढ्न सकेको छैन ।
सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा बोल्नु हुने सांसदहरूले उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
कपिलवस्तु प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएका ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट चोरी पैठारी भएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ ।
सोमबारदेखि परेको अविरल वषाले गर्दा हिमाली जिल्ला म्याग्दीका ग्रामीण भेकहरू जोड्ने सडकहरू अवरुद्ध भएका छन् । पहिरो खसेर बेनी–जोमसोम, बेनी–दरवाङ सडक बन्द भएको छ । त्यस्तै ग्रामीण भेक जोड्ने सडकहरू पनि अवरुद्ध भएको छ ।
बझाङ केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टर स्केलको भूकम्पले बझाङ सहित बैतडीको सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा दर्जनौँ घर र विद्यालयका भवनमा क्षति पुगेको छ । बैतडीको डिलासैनीमा एक बालिका घाइते भएकी छिन् ।
जैविक खेती प्रणालीलाई सहयोग पुर्याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।
तनहुँ जिल्ला अदालतले तनहुँको सदरमुकाम दमौलीमा सञ्चालनमा रहेका दुई मेडिकल सञ्चालकलाई एक/एक लाख रुपियाँ जरिवाना तोकेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।
सुनसरीको नेपाल विद्युत प्राधिकरणमा कार्यरत विर्जु कुमार महतोविरुद्ध सेवाग्राहीसँग २५ हजार रुपियाँ घुस लिएको आरोपपत्र दायर भएको छ ।