बारामा पछिल्लो समय सडक दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ । आइतबार दिउँसो ट्याम्पो दुर्घटना हुँदा घटनास्थलमै एक जना बालिकाको मृत्यु भएको छ ।
संविधानविद् खिमलाल देवकोटाले संविधानको धारा २९१ मा गैरआवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन तीन वटा कामका निमित्त कम्तीमा तीन महिना व्यतीत नभई कन योग्य नहुने व्यवस्था गरेको बताउनुभयो।
दोलखाको गौरीशङ्कर गाउँपालिकामा निर्माण सम्पन्न भएको करिब एक वर्ष पूरा हुनै लाग्दा समेत चिल्ड्रेन पार्क सञ्चालनमा आउन सकेको छैन । गाउँपालिकाको वडा ५ इविथानमा रहेको सो पार्क सञ्चालनमा आउन नसकेको हो ।
ताप्लेजुङको दुर्गम तथा बिकट स्थानीय तह फक्ताङ्लुङ गाउँपालिकाको एक महिलाको जनप्रतिनिधिले उद्धार गरेका छन् । सो गाउँपालिकाको तिन्दु टोलमा अहिलेसम्म सडक नपुगेपछि स्थानीयलाई उपचारमा समस्या हुनेगरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले मिटरब्याज पीडितका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
काठमाडौं, चैत १९ गते। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा ओरालो लागेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ।आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको शेयर कारोबार भएको छ। गत बिहीबारको तुलनामा शेयर कारोबार रकम बढेको छ। नेप्सेका १३ उपसमूहमध्येसबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ। त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ।आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ। तर यता स्वाभिमान लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशत घटेको छ। आइतबार कारोबारमा एनआईसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
सर्लाहीको लालबन्दी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका शिक्षा प्रमुख वासुदेव तिमल्सिनामाथि नक्कली नियुक्तिपत्र दिएर सो बमोजिमको पदीय दुरुपयोग गरेको आरोप लागेको छ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ।
स्थानीय पालिकाहरूले भौतिक संरचनाको निर्माणदेखि नीति कार्यक्रम र बजेट निर्माण गर्दा अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइएको छ ।
हरि हुमागाईँको निर्देशनमा बनेको 'तूइन् पारी' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्दसङ्गीत र रिकेश गुरुङको सङ्गीत संयोजन छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ।
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको सुरुवात गरिएको छ ।
अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका निर्माण टोली प्रचार प्रसारका लागि दौडधुपमा छन् ।
मिटरब्याजीहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले विरोध गर्नुभएको छ ।