भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोली आइतबार नेपाल आएको छ । भारतीय टोली एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा नेपाल आएको हो ।
स्याङजाको गल्याङ नगरपालिका ११ लवरकोटमा आधुनिक हाइपम्पबाट लिफ्टिङ सिंचाई योजनाको परीक्षण शुरु भएको छ । इन्धन तथा बिजुलीको प्रयोग नगरी गरिने यो लिफ्टिङ नेपालकै पहिलो भएको गल्याङ जिल्ला सिंचाई डिभिजन कार्यलय स्याङ्जाका प्रमुख हरिदत्त पौडेलले बताउनुभयो ।
काठमाडौं, भदौ १२ गते। कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् । नेवार समुदायको आस्था र संस्कृतिमाथि आघात पुर्याएको आरोपमा सिंहलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो। केही दिनअघि ‘कमेडी क्याफे’ नामक ‘स्ट्यान्ड अप कमेडी’मा कमेडियन सिंहले नेवार समुदायलाई लक्षित गर्दै कमेडी गरेपछि विवाद भएको थियो। विवादपछि सिंहले माफी माग्दै युट्युवबाट भिडियोसमेत हटाउनुभएको छ । माफी मागेर भिडियो हटाए पनि नेवार संस्कृतिको मजाक उडाएको भन्दै सिंहको विरोधपछि प्रहरीमा उजुरी परेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिंहलाई आइतबार बिहान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। थप अनुसन्धानका लागि सिंहलाई म्याद थप गरेर प्रक्रिया अगाडि बढाउने मैनालीको भनाइ छ।
काठमाडौं, भदौ १२ गते । भदौ लागेदेखि १७ जना हैजाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुसार १२ दिनमा १७ जना हैजाको बिरामी थपिएको जनाएको छ । काठमाडौं उपत्यकामा असार २ गते पहिलो पटक हैजा पुष्टि भएको थियो । यो अवधिमा ७१ जनामा हैजा पुष्टि भैसकेको छ। जसमध्ये ३२ जना महिला र ३९ जना पुरुष छन् । सरकारले केसपुष्टि भएका ठाउँको ६२ वटा पानीको नमूना परीक्षण गर्दा ४१ नमूनामा दिसामा पाइने फिकल इकोलीन भन्ने जीवाणु भेएिको थियो। भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा संक्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउछन् ।पानी उमालेर पिउने, बासी फोहोर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुन पानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने चिकित्सक बताउँछन् ।
तेस्रो टी–२० खेलमा घरेलु टोली केन्याले जितको लागि नेपाललाई एक सय ५७ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ५६ रन बनायो ।
गत स्थानीय निर्वाचनमा उम्मेदवार बन्न दलबदल गरेका नेताहरु फेरि संसदीय निर्वाचनमा टिकट पाउन दलबदलको अभ्यास थालेका छन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै स्थानीय तहमा पराजित भएका उम्मेदवारहरु टिकटका लागि पुनः पार्टी परिवर्तन गर्न थालेका हुन् ।
पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
काठमाडौं, भदौ १२ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फैलाउने प्रयास गरेको आरोप लगाउनुभएको छ । विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले मार्छ भनेर भ्रम छरेजस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैंल्याउने काम भएको उहाँको आरोप छ। अध्यक्ष ओलीले नागरिकता विधेयकको विषयमा सार्वजनिक भएका गलत विषयको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो। उहाँले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो। नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा (एमाले) जनताको हरेक समस्या समाधान गर्न चाहन्छ। एमाले जनताको समस्या समाधान गरेर आएको पार्टी हो। एमाले नागरिकताको समस्या स्थायी रुपमा समाधान होस भन्ने चाहन्छ। सार्वजनिक भएका भ्रमलाई प्रतिवाद गर्नुपर्छ ।’अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जित्नैपर्ने दोहोर्याउनु भयो । राष्ट्रहितको रक्षा र सम्मानका लागि, राष्ट्रियताको रक्षा र सम्वद्र्धनका लागि मुलुकको स्वाधिनताको सही ढंगले प्रयोग गर्नका लागि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उहाँको तर्क छ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको ब्यवस्थापकमा अनिल श्रेष्ठ नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार श्रेष्ठलाई नियुक्त गरेको हो ।
चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले सरकारलाई आफ्ना माग पूरा गर्न दुई हप्ता समय दिनुभएको छ। डा. केसीले छ बुँदे माग राख्दै भदौ १२ देखि २० औं सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको थियो।
पर्वतका गाउँगाउँमा मोटरबाटो पुगेको छ। उपभोग्य वस्तु सहजै गाउँमा पाइन थालेको छ। स्थानीय सरकार आएपछि प्रशासनिक कामका लागि गाउँबाट सदरमुकाम कुश्मा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ। यहाँको व्यापार व्यवसाय फष्टाएको छ। व्यवसायी विभिन्न विकल्प खोज्दै छन्।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले घटेको छ।
केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जित्दै ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । पाँच खेलको टी–२० खेल अहिले १–१ को बराबरीमा छ ।
तराईका भूमिपुत्र थारु समुदायमा अट्वारी पर्वको रौनक छाएको छ । यो समुदायले दुई दिनसम्म मनाउने अट्वारी पर्व आजदेखि सुरु भएको हो । पश्चिम कञ्चनपुरदेखि कैलाली, बर्दिया, बाँके, सुर्खेत, दाङका थारु समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गर्छन् । पुरुष, महिला, युवायुवतीले आधा दिनसम्म निराहार व्रत बसेर अट्वारी पर्व मनाउने गरिएको पाइन्छ ।
मुना हमालसुर्खेत, भदौ ११ गते। कर्णाली प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ। माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनुभएका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिनुभएको हो। माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि उहाँहरुले राजीनामा दिनु भएको हो। माओवादी केन्द्रले अब उहाँहरुको ठाउँमा दुई जना प्रदेश सभा सदस्यलाई मन्त्रीका लागि सरकारमा पठाउँदैछ। प्रदेश सभा सदस्य रातो कामी र कृष्णा शाह कर्णाली प्रदेश सरकारमा मन्त्री बन्ने तयारीमा हुनुहुन्छ। कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी गठबन्धनको सरकारमा छन्।