सामाजिक सद्भाव नेपालगन्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन विभिन्न धर्मगुरुहरूले आग्रह गर्नुभएको छ । यहाँका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन आम नगरबासी र जिल्लावासीमा अपिल गर्नुभएको हो ।
झापाको दमकमा शुक्रबार बिहान हत्या भएका इलाम चुलाचुली ३ पेल्टिमारीका युवा गोविन्द लिम्बुको हत्याका मुख्य अभियुक्त सनम राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाले हत्या आरोपमा दुई प्रतिवादीलाई पक्राउ गरेको छ । सिन्धुलीको मरिण गाउँपालिका–५ घरभई हाल बनेपा नगरपालिका–१ घिमिरेगाउँमा मजदुरी गर्दैआएका ५५ वर्षीय दुधलाल थिङको हत्यामा संलग्न रहेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल बनेपछि यातायात सहज भएको छ । गाउँपालिकाको वडा २ खेजेनिम र वडा ३ लिङ्खिमको सिँवा जोड्नेगरी नदीमा पुल निर्माण भएपछि यातायात सेवा सहज भएको हो ।
काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले महानगर गौरव र स्वर्णिम योजना सञ्चालनका लागि आग्रह गर्नुभएको छ ।
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।
विगतमा गाउँगाउँमा प्रशस्तै देखिने धान नाच आजभोलि भने कमै देखिन्छ । लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाच पुस्तालाई हस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । मध्यविन्दु वडा १५ पर्सौनीमा गरिएको शिविरमा पाँचसय बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।
कठरिया थारु समुदायको पितृपाख सुरु भएको छ । कैलालीसहित विभिन्न जिल्लामा बसोबास गर्ने यो समुदायका मानिसले आफ्ना पितृ, पुर्खाको सम्झनामा १५ दिनसम्म पितृपाख मनाउने गर्छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका श्रम समस्याप्रति सरकार गम्भीर र संवेदनशील भएको बताउनुभएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नुपर्ने बताउनुभएको छ ।
पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र र प्रमुख सहर नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान सञ्चालन गरिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संविधानको व्यवस्था अनुरूप नै जिल्ला न्यायाधीशहरू नियुक्त गरिएको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्बन्धित निकायबिच समन्वय कायम गरिने भएको छ ।