आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ ।
बागमती प्रदेश सरकारले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०८० बागमती प्रदेश सभामा पेस गर्ने भएको छ ।
मुठ्ठीदानमार्फत ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अङ्कमा कायम भएको हो ।
बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ ।
वि.सं २०२८ मा तत्कालीन प्रशासक बझाङका स्थिरजङ्गबहादुर सिंहले ‘कर्णाली लोकसंस्कृति’ नामक अनुसन्धानात्मक सङ्ग्रहका लागि प्रदीप रिमाल, चूडामणि बन्धु, विहारीकृष्ण श्रेष्ठ र सत्यमोहन जोशीसँगै मदन पुरस्कार जित्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।
नेपाल औषधि व्यवसायी सङ्घले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापनपत्र बुझाएको छ ।
सोमबार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सङ्घीयता प्राप्त गरे पनि कानुनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरे पनि अहिले व्यावहारिक रुपमा कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।
स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरुपमा १४ लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक गिर्जाघरको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने जनाएको छ ।
अर्जुनचौपारी गाउँपालिका–६ दरौमा एक महिलामाथि गरिएको कुटपिटको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष र तत्कालीन कार्यकारी निर्देशकसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले देशमा सुशासन कायम गरेर छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । आफू सुशासनसहितको आर्थिक समृद्धिको पक्षमा रहेको बताउँदै उहाँले सुशासन र समृद्धिको अभियानलाई पूरा गरेर छाड्ने बताउनुभयो ।