खाँडादेवी गाउँपालिका –१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बा १६ च ३८२५ नम्बरको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
सेयर बजार र कर्जाको ब्याजदरको सम्बन्ध सधैँ उल्टो हुने गरेको छ। ब्याजदर कम हुँदा सेयर कर्जा सस्तो हुने भएकोले कर्जा लिएरै पनि बजारमा लगानी गर्ने मात्र होइन निक्षेपमा ब्याजदर कम हुनुले सेयर बजारमा लगानी गर्नेको सङ्ख्या बढ्ने हुन्छ। ब्याजदर न्यूनबिन्दुमा हुँदा बजारमा सेयरको माग उच्च हुने र त्यसले समग्रमा सेयरको मूल्यमा सुधार ल्याउन मद्दत पुग्ने गरेको पाइन्छ। विगत लामो समयदेखि सेयर बजार चर्को ब्याजदरका कारण बढ्न सकेको छैन। बजारमा ट्रेडिङ गर्नेहरू
कृषिमा देखिएका चुनौतीका बीचमा वेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सम्हाल्नुभएको छ । रासायनिक मल, बिउ, सिँचाइ, बजार, उत्पादनलगायतका चुनौती कृषिमा देखिएका छन् । नवनियुक्त कृषिमन्त्री भुसालले अर्थतन्त्रको मेरुदण्ड कृषि हो तर यसमा थुप्रै चुनौती देखिएको बताउनुभयो । देशको अर्थतन्त्र सुधार गर्नका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले किसानले समयमा रासायनिक मल, बिउ तथा सिँचाइ समयमा नपाउनु दुःखद हो र त्यसलाई सबैले मिलेर अन्त्य गर्नुपर्ने बताउनुभयो । कृषिमा अर्को समस्या भनेको बाँझो जमिन पनि हो ।
पर्यटन प्रवद्र्धन गर्दै अर्थतन्त्रको सबलीकरण गर्नका लागि ‘अन्नपूर्ण म्याराथन’ आयोजना हुने भएको छ । सेन्चुरी पर्यटन व्यवस्थापन समितिले अन्नपूर्ण पदयात्रा क्षेत्रलाई समेटेर अन्नपूर्ण म्याराथन आयोजना गर्न लागेको हो । समितिका अध्यक्ष ललित गुरुङले म्याराथनले पर्यटनमा नयाँ आयाम थप्ने विश्वास लिएको बताउनुभयो । समितिका अनुसार आगामी वर्ष जेठ २० गते तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको आयोजना हुन लागेको हो ।
झापाका किसानले उन्नत जातको भनेर लगाएको मकै नउम्रेपछि समस्या सिर्जना भएको छ भने लगानी खेर गएको छ । स्थानीय तहले अनुदानमा वितरण गरेको मकै र किसानले बजारबाट किनेर लगेको मकैको बिउ नउम्रेपछि किसानको लगानी खेर जाने अवस्था आएको हो । जिल्लाको मेचीनगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको मकै नउम्रेपछि किसानले यस विषयमा आपत्ति जनाएका छन् । मेचीनगर–१०, धुलाबारीस्थित खड्का कृषि भण्डारले बिउ उपलब्ध गराएको थियो । नगरपालिकाले अनुदानमा उपलब्ध गराएको मकै किसानले यहीँबाट लगेका थिए । रामपुर कम्पोजिट जातको मकैको बिउ किसानलाई अनुदानमा उपलब्ध गराउन गरिएको आह्वानअनुसार खड्का कृषि भण्डारको फर्मलाई नगरपालिकाले प्रक्रिया पु-याएर छनोट गरेको थियो । प्रतिकिलो १०४ रुपियाँ ८० पैसाको ५० प्रतिशत तिरेर किसानले मकै रोपेका थिए
कुनै समय शिरफुले भाकाले गाउँघर गुञ्जयमान हुन्थे । मेलापात, गोठ, ओडार र चौतारीमा भेला भएर शिरफुले मायाको भाकामा गीत गाउने र नाच्ने प्रचलन थियो तर आजकल नयाँ संस्कृतिको विकासले पुराना प्रचलित भाकाका गीत लोप हुँदै जान थालेका छन् ।
घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने चलचित्र ‘चित्रा’को निर्माण घोषणा गरिएको छ । रामनवमीको अवसरमा सिनेमाको कास्ट एन्ड क्रिउ घोषणा गरिएको हो । आगामी भदौबाट छायाङ्कनमा जाने चलचित्रमा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने चलचित्रको सम्पूर्ण छायाङ्कन नेपालमा नै गरिनेछ ।
नेपाली सेनाले आयोजना गरेको लघुचलचित्र प्रतिस्पर्धामा ‘कस्तुरी’ नामक चलचित्र उत्कृष्ट साबित भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको २२औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतिस्पर्धामा १० वटा लघुचलचित्रबीच प्रतिस्पर्धा भएको थियो । मानिसको मात्र हैन जङ्गली जनावरको समेत आत्मा र आफ्नो परिवार हुन्छ, उनीहरूलाई सिकार गरी मार्दा परिवारमा बिचल्ली हुन्छ भन्ने सन्देश बोकेको सो लघुचलचित्रले प्रथम स्थान हासिल गरेको हो । रविन तामाङद्वारा निर्माण गरिएको उक्त लघुचलचित्रका लागि दुई लाख रुपियाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।
यति बेला काठमाडौँको भित्री टोलहरू जात्रामय बनेका छन् । आर्य अवलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ जनबहाःद्यः) रथयात्रामा यहाँका रैथानेहरू जात्रामा सहभागी हुन उत्साहका साथ जुटेका छन् । हरेक वर्ष चैतेदशैँका दिनबाट सुरु हुने यो जात्रा, यसकोे महìव र प्रक्रियाका बारेमा स्थानीयलाई राम्रै ज्ञान र अनुभव भए पनि काठमाडौँबाहिरबाट आएका अन्यका लागि कम मात्र जानकारी हुन्छ सक्छ ।
कुमाल समुदायले आफ्नो संस्कृति, परम्परा र भेषभूषाको संरक्षण गरी अधिकार सुनिश्चित गर्न माग गरेको छ ।
झट्ट सुन्दा र हेर्दा अच्चम लाग्न सक्छ तर अच्चम मान्नु पर्दैन, तराईमा उत्पादन गर्दै आएका इँटा ढुवानीका लागि हिमाली जिल्ला जुम्लाका घोडा प्रयोग हुँदै आएका छन । तराई क्षेत्र भए पनि सडकमार्फत इट्टा ढुवानी गर्न सहज नहुँदा इँटा व्यवसायीले हिमाली जिल्लाका घोडा इँटा भट्टामा प्रयोग गर्दै आएका छन् ।
हिमाल आरोहणमा जानेबाहेक पथप्रदर्शकबिना हिमालय क्षेत्रमा एक्लै वा समूहमा जान नपाइने नियममा सरकार अडिग देखिएको छ। कतिपयले यसको विरोध गरे पनि सरकार आफ्नो निर्णयमा पछि नहट्ने देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार पदयात्री सूचना व्यवस्थापन प्रणाली कार्यविधिको शुभारम्भ गर्दै पदयात्रामा जान अनिवार्य पथप्रदर्शक चाहिने र सम्बन्धित कम्पनीले टिम्स कार्ड लिनुपर्ने बताउनुभयो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। सहमहामन्त्री जीवन परियारका अनुसार बिहान १० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा बारा क्षेत्र नं. दुईको उपनिर्वाचन, सरकारमा पार्टीको सहभागीसहित समसामयिक विषयमा छलफल हुनेछ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।