जिल्लाभर कोरोना सङ्क्रमणका लक्षणसँग मिल्ने मौसमी रुघाखोकीमा बिरामी बढेका छन् । मौसम परिवर्तन हुनुु र चाडवाडमा स्थानीयले सावधानी अपनाउन नसकेको कारण यस्ता लक्षणका बिरामीको सङ्ख्यामा बृद्धि भएको चिकित्सकको भनाइ छ ।
नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पकासाथ एमाले अघि बढ्ने बताउनुभएको छ । सचिव भट्टराईले चालू केन्द्रीय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दावी गर्नुभयो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका नेता कमल चित्रकारको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको बताउनु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको छ ।
मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलले हात पार्न सफल हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकाले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।
सामुदायिक विद्यालय कार्यालय सहयोगी संघर्ष समिति, छेडागाड नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । संघर्ष समितिका सचिव कालीबहादुर बस्नेतले नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पत्राचार अनुसार विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रबार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७ औं स्मृति दिवसलाई सम्बोधन गनुहुँदै नेता सिंहले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष र धाँदलीरहित हुनुपर्नेमा जोड दिनुभएको हो ।
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पालिका अध्यक्ष उम्मेदवारलाई अन्र्तघात गरेको भन्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामा र वडा अध्यक्षसहितलाई कारवाहीको लागि नेपाली काँगे्रस जिल्ला कार्यसमितिमा सिफारिश गरिएको छ ।
सुनील ग्रोवरलाई देखेपछि उनका फ्यानको अनुहारमा हाँसो झल्कन्छ। उनले ‘द कपिल शर्मा सो’मा रिङ्कु भाभी र गुलाटीका लागि डा. मसुर गुलाटीको भूमिका निभाएका थिए तर पाँच वर्षअघि उडानमा कपिल शर्मासँग सुनील ग्रोवरको ठूलै झगडा भएको बताइन्छ। त्यसपछि उनले कपिलको सोलाई बाइबाई भनेका थिए। धेरै वर्षपछि जब सुनिल ग्रोवर टीभीमा फर्के, उनले अर्चना पुरन सिंह र शेखर सुमनको सो ‘द ग्रेट इन्डियन लाफ्टर च्याम्पियन’मा ‘डाक्टर मसुर गुलाटी’को भूमिकामा दर्शकलाई हसाउने मौका पाए । ‘डाक्टर मसुर गुलाटी’पछि सुनील ग्रोवर अब ‘रिङ्कु भाभी’को भूमिकामा देखिने भएका छन् ।
धनगढीको छ लेन सडकमा सोमबार राति छाडा चौपायासँग मोटरसाइकल ठोक्कियो। राजपुर क्षेत्रमा भएको सो दुर्घटनामा एउटा गाईमात्रै मरेन, सवारीचालक धनगढी उपमहानगरपालिका–१३ हिमालीटोलका ३० वर्षीय गङ्गा बोगटीको पनि ज्यान गयो। अत्तरियाबाट धनगढीतर्फ आउनेक्रममा छ लेन सडकमा रहेका चौपायामाथि मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा परी गङ्गाकी श्रीमती सर्मिला राई घाइते हुनुभएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायको बर्का अट्वारी पर्वका अवसरमा पर्वभन्दा एक हप्ता ढिलो सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भदौ १२ गते बर्का अट्वारी पर्व भए पनि सरकारले भदौ १९ गते अट्वारी पर्वको सार्वजनिक बिदा दिने निर्णय गरेको हो। विभिन्न जातजातिको पर्वका अवसरमा प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिँदै आएको छ। तर अट्वारी पर्वका अवसरमा १९ गते बिदा दिनु सान्दर्भिक देखिएको छैन। थारू कल्याणकारिणी सभा कैलालीले भदौ १२ गते बिदा दिनका लागि प्रदेश सरकारलाई आग्रह गरेको छ। सभाले आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई ज्ञापनपत्र बुझाउँदै बिदाको मिति सच्याउन आग्रह गरेको हो।