नवलपुर प्रहरीले अवैध गिट्टी बालुवासहित १७ वटा गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । नवलपरासीको आरुङखोलास्थित प्रहरी चेक प्वाइन्टबाट राजस्व छलिगरी सामान ढुवानी गर्न लागेको अवस्थामा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।
प्युठान जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । विशेषज्ञसहितको डाक्टर र सेवा सुविधा थपिएपछि अस्पताल बिरामीले भरिन थालेको हो ।
स्पेनको एउटा नाइट क्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारबाट पोखरामा सुरु हुँदैछ । अधिवेशनका लागि प्रदेशका एघार जिल्लाबाट नौसय सात प्रतिनिधि छनोट भएका छन् ।
नेपालकी सन्दीपा अम्गाईले २३ औँ ग्लोबल ओपन कुकिवन कपमा दोहोरो स्वर्ण पदक जित्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोलेको निष्कर्ष निकालेको छ ।
पहिले खेतबारी, कुलो, बस्तीमा भेटिएका कछुवा, गोहोरो, गोही, जङ्गली हाँसलगायतका वन्यजन्तु सिकार गर्ने स्थानीय पछिल्लो समय संरक्षणमा जुटेका छन् ।
पोखरा महानगरपालिका–१७ फुस्रेखोलामा किशोरको शव फेला परेको छ । खोलामा अड्किएको अवस्थामा १४ वर्षीय किशोर क्षितिज बस्यालको शव फेला परेको हो ।
दोलखामा प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट उक्त सुन बरामद भएको प्रहरीले जनाएको छ ।
चाडबाड नजिकिने क्रमसँगै रौतहटमा तरकारीको भाउ आकासिएको छ । हिन्दु नारीको महान् चाड तीजदेखि नै बजारमा तरकारीको भाउ दोब्बर नै वृद्धि भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको असोज १९ र २० गते हुने प्रथम अधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ । एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यले आज लोगो सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताउनुभएको छ ।
माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित हुनुभएको छ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित हुनुभएको हो ।
भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले जी २० शिखर सम्मेलनको सफलता सफलता भारत–अमेरिका साझेदारीको सफलता भएको बताउनुभएको छ ।