खोलामा पुगल नभएपछि विद्यालय पुग्न विद्यार्थीलाई सास्ती भएको छ । विजयनगर गाउँपालिकाको शिव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सास्ती भोग्नुपरेको हो ।
भुटानमा भएको पाँचौं दक्षिण एशियन किकबक्सिङ च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण जितेको छ ।
केन्याविरुद्ध टी–२० सिरिनको पहिलो खेलमा नेपाललाई घरेलु टोली केन्याले जितका लागि ३१ रनको लक्ष्य दिएको छ । नैरोबी स्थित जिमखान क्लब क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३० रन बनायो ।
भदौ महिना शुरु भएदेखि १३ जना हैजाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयका अनुसार नौ दिनमा १३ जना हैजाको बिरामी थपिएका हुन् ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८७ दल सहभागी हुने जनाएको छ । आयोगका सहायक प्रवक्ता एवम् सहसचिव सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।
पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९५४ जनाको कोरोना परीक्षण गर्दा ४४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ र ४ का बासिन्दा चितुवाले घरमै आएर निरन्तर बालबालिकामाथि आक्रमण गर्न थालेपछि त्रसित भएका छन्।
ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम बिहीबार सकिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस बागबजार र कान्तिपुर डेण्डल कलेज तथा हस्पिटल धापसीको संयुक्त आयोजनामा साउन २२ गतेदेखि शुरु भएको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आज सकिएको हो ।
एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहिबार पत्रकार सम्मेलन गरी अवार्ड बारे जानकारी दिएको हो ।
मेलम्ची नगरपालीका १० का मनोज अधिकारीको दैनिकी व्यस्ततामै बित्नेगरेको छ । बिहानै उठेर फर्ममा पुगी कुखुरा तथा खसिको मासु तयार गर्नुपर्छ । दैनिक ३ सय किलोभन्दा बढी मासु उहाँले बेच्दै आउनुभएको छ । उहाँको घर मेलम्ची १० मा र पसल मेलम्ची ११ मा रहेको छ । उहाँले दैनिक बोकेर पसलसम्म मासु लग्ने गर्नुभएको छ । फर्मबाट बजारसम्म जाने एक मात्रै विकल्प हो झोलुङ्गे पुल ।
केन्याविरुद्धको पहिलो टी–२० खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ । नैरोबी स्थित जिमखान क्लबको मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो । पाँच खेलको टी–२० सिरिजमा नेपाल सुखद सुरुवात गर्ने अभियानमा छ ।
भारतीय व्यापारीहरूले सञ्चालन गर्दैआएको रुपन्देहीको सीमाक्षेत्र सिद्धार्थनगर नगरपालीका-१ स्थित मेउडीहवा नजिक दसगजा क्षेत्रमा रहेको फरेनीबजार जान नेपाली व्यापारीलाई कडाई गरेपछि स्वदेशी बजारमा चहलपहल बढेको छ । उद्योगी व्यावसायीले प्रशासनको प्रशंसा गरेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेटघाट गर्नुभएको छ। गृह मन्त्रालयमा बिहीबार भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको छ।
पाल्पाको बगनासकाली गाउँपालिकामा टोल विकास संस्थाको नेतृत्वका लागि मतदान भएको छ । बगनासकाली गाउँपालिका ५ को लाङ्घाली टोल विकास संस्थाको नेतृत्वका लागि दुई जना उम्मेदवारबीच निर्वाचन भएको हो ।
भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात् बुधबार मध्यरातिसम्म दश हजार ७२५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ ।