डिजिटल इकोनोमीको अवधारणाले आर्थिक अनियमितता रोक्न, अवैध गतिविधिहरूको न्यूनीकरण गर्नका साथै पारदर्शितालाई बढवा दिने हुँदा मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ । चीनको साताव्यापी औपचारिक भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किसक्नु भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री उतैबाट चीन पुग्नुभएको हो । विश्वका शक्तिशाली मुलुकमध्येको एक तथा नजिकको छिमेकी राष्ट्र चीनमा भएको उच्चस्तरीय भ्रमणलाई महìवका साथ हेरिएको छ । भ्रमण
नेपाली सेना राजनीतिक शासकको बलमा नभई नागरिकको बल र हितमा क्रियाशील सङ्गठन हो । सेनाका लागि प्रेरणाको मुख्य स्रोत भनेकै नागरिकले दिएको पूर्ण साथ, सहयोग र विश्वास हो । जुनसुकै कठिन परिस्थितिमा पनि उसले आफ्नो व्यावसायिक धर्म छाडेको छैन । सैनिक सङ्गठनबाट मुलुक र लोकतन्त्रको अहितमा कुनै पनि काम हुँदैन भन्ने आमविश्वास छ । मुलुक र लोकतन्त्रमाथि खतरा छ भने त्यो राजनीतिक नेतृत्वको कार्यशैली र क्रियाकलापबाट मात्रै छ ।
शुक्रवार बोका खसी बनाए घाउ नपाक्ने र चाँडै निको हुने परम्परागत मान्यता दोलखामा अझै पनि कायम रहेकाले यो दिन धेरै सङ्ख्यामा आउने गरेका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीको तीनमहिने अभियानमा प्रत्येक जनताको घर घरमा पुग्न निर्देशन दिनुभएको छ। माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार काठमाडौँको बूढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यो वा त्यो पार्टी नछुट्याई सबै जनताको घरमा पुग्न अनुरोध गर्नुभयो
चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेर्नुभयो ।
बढी भएको दुध बङ्गलादेशलगायतका देशमा पठाउने तयारीमा डेरी उद्योगी लागेका छन् । नेपाल डेरी एसोसिएसनले आफ्ना प्रतिनिधि बङ्गलादेश पठाएर अध्ययन गर्न लगाएको छ । बङ्गलादेश दु्ध लिन सकारात्मक छ, नियमित उपलब्ध गरायो भने नेपालबाट दुध खरिद गर्न उनीहरू तयार भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभयो ।
विगत तीन वर्षमा २२ लाखभन्दा बढी करदाता थपिएका छन् । करको दरभन्दा दायरा विस्तार गर्ने लक्ष्यलाई प्राथमिकता दिएको सरकारले करमा दर्ता हुनुपर्ने क्षेत्र विस्तार गर्दा करदाताको सङ्ख्या बढेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार २०७७ असारसम्म ३३ लाख ३७ हजारले स्थायी लेखा नम्बर लिएकामा २०८० असारसम्म उक्त सङ्ख्या बढेर ५५ लाख ५४ हजार नाघेको छ । यस हिसाबले विगत तीन वर्षमा २२ लाख १६ हजार करदाता थपिएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनका लागि मतदानको अन्तिम तयारी भएको छ । यस अघि शनिवारका लागि निर्धारित मतदान कार्यक्रम आज (आइतबार) बिहान ८ बजेका सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीको कवितासङ्ग्रह ‘सर्वाइवल नोट’ को लोकार्पण भएको छ । साहित्यकार प्राडा अभि सुवेदीले डा. अधिकारीद्वारा लिखित कवितासङ्ग्रह ‘सर्वाइवल नोट’ को लोकार्पण गर्नुभयो । डा. सुवेदीले लेखकले कवितामार्फत कसरी निराशालाई आशामा बदल्न सकिन्छ भनेर प्रष्ट पार्न खोजेको बताउनुभयो । उहाँले मानिस निराश भइरहेको भन्दै यो अवस्थामा डा. अधिकारीले कवितामार्फत निराशालाई आशामा परिवर्तन गर्न सकिने विषय खोतल्नुभएको बताउनुभयो ।
गायक समीर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माया हो’ बोलको गीतमा गायक आचार्यकै सङ्गीत र राम अविरल विष्टको शब्द रहेको छ । सुरेन्द्र मल्ल ठकुरी (एसएम) को कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पुस्कर दाहाल र विमला खुजुम लिम्बू फिचर्ड हुनुहुन्छ । पूर्वी धनकुटामा छायाङ्कन गरिएको यस गीतको भिडियोमा देव दोर्जे लामाको छायाङ्कन छ ।
नेपालका वरिष्ठ कलाकारहरूको समूहले साइकल संस्कृति प्रवर्धनलाई सहयोग पुर्याउने उद्देश्यले चित्रकला कार्यशालामा सहभागी हुनुभएको छ । साइकल कल्चर कम्युनिटीद्वारा साइकल संस्कृति अभियानका लागि शनिबार राजधानीमा आयोजित चित्रकला कार्यशालामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिहरू किरण मानन्धर, रागिनी उपाध्याय, केके (कान्छाकुमार) कर्माचार्य र दीपेन्द्र बनेपालीलगायतका ३२ जना कलाकारले चित्र बनाउनुभएको हो ।
चालु आर्थिक वर्षको दुई (साउन र भदौ) महिनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड ३८ लाख आठ हजार रुपियाँ बराबरको आयात भएको हो ।
मुलुकभरकै निर्जीवन बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्ममा सञ्चालित १४ निर्जीवन बिमा कम्पनीको व्यवसाय बागमतीमा केन्द्रित रहेको देखिएको हो । हाल देशभर सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले सङ्कलन गरेको बिमा शुल्कमध्ये बागमती प्रदेशबाट सबैभन्दा बढी बिमा शुल्क सङ्कलन भएको छ भने कर्णाली प्रदेशमा सर्वाधिक कम भएको छ ।