नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका पाँच जनामध्ये दुई जनाले उम्मेदवारि फिर्ता लिएपछि अब तीन जनाबिच अध्यक्षमा प्रतिस्पर्धा हुनेभएको छ ।
सप्तरीको राजविराजस्थित भगवती मन्दिर पोखरीमा शनिबार बिहान दुईवटा रबरको बोटबाट बोटिङ्ग गरिएको छ । पोखरीमा फालिएका फोहोर निकाल्न सो बोटिङ गरिएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभएको छ ।
खोटाङको रावाबेसी गाउँपालिकाले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएको छ । खाने तेलमा आत्मनिर्भर बन्ने योजना अघिसारेको पालिकाले किसानको सहजताका लागि मिल सञ्चालनमा ल्याएको जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्नुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका-४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत बालिएको हो ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को भौगोलिक बिकट ‘ना गाउँमा’ सोलार प्लान्टमार्फत विद्युत सेवा प्रदान गरिने भएको छ ।
सुर्खेतमा ८ वर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएपछि आफन्तहरूले आन्दोलन सुरु गरेका थिए ।
झापाको दमक नगरपालिकाले पाठेघरको मुखको क्यान्सर तथा स्तन परीक्षण पूर्णरुपमा निःशुल्क गर्ने कार्यलाई पुनः सुचारु गर्ने भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा आलोपालोका लागि भएको सहमति बमोजिम अध्यक्षमा सहअध्यक्ष सुवास न्यौपानेले आजदेखि कार्यकाल सुरु गर्नुभएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याउने एक बालिकामाथि कुटपिट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत वर्ष ११ को छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी छन् ।
नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।
अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ । दुई देशबिच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो ।