जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ ।
नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही समयको भाउमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४४ मेगावाट विद्युत् भारतीय ऊर्जा बजारमा वास्तविक समय (रियल टाइम) मा बेच्न नेपाल विद्युत् प्राधिकरणलाई पहिलो पल्ट अनुमति दिएको छ । यसअघि नेपालले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघिको बोलपत्र (डे अहेड बिडिङ) का आधारमा मात्र बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बेच्न पाउने भएको हो ।
संविधानले स्थानीय तहलाई शासकीय अधिकार प्रदान गरे पनि स्थानीय तहले भने शासकीय अभ्यासलाई व्यवहारमा कार्यान्वयन गर्न सकेका छैनन्। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहित सरकारकै हैसियत प्रदान गरेको छ। केही सुगम क्षेत्रका स्थानीय तहबाहेक अधिकांश स्थानीय तहले शासकीय अभ्यासलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले स्वीकारेका छन्।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसालसहितका नेताहरू शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगी ज्ञापनपत्र बुझाउँदै सो ध्यानाकर्षण गराउनुभएको हो। भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा सरकारले लिएका कतिपय पहलकदमीको जनस्तरबाट सराहना भएको र हाम्रो पार्टीले संस्थागत रूपमा त्यसको समर्थन गर्दै आए पनि कैयन् क्षेत्रमा आवश्यक ध्यान पुग्न नसकेको पत्रमा उल्लेख छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार बसेको निगम सञ्चालन समितिले आइतबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
सरकार र चिकित्सकबीच शनिबार साँझ सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।
पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।
विस. २०३७ साल असारमा निर्माण गरिएको बाजुराको कारागार अहिले जीर्ण बन्दैगएको छ । पुरानो डिजाइनमा निर्माण गरिएको सो कारागार बाजुराको लामो समयसम्म मर्मत सम्भार नभएपछि जीर्ण बन्दैगएको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका –९ रहेको कपिलधाम प्राकृतिक चिकित्सालयको स्थापना भएको छ । अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले एक समारोह बीच उद्घाटन गर्नुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आउँदो तीन महिनाभित्रमा वीरगञ्जको नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याउने बताउनुभएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे नहुँदा तीर्थयात्रीलाई सास्ती भएको छ । पाथीभरा सडकको सुकेटार–देउराली–काफ्लेपाटी खण्ड ठेक्का लागे पनि कालोपत्रेको काम नहुँदा तीर्थयात्रीलाई दर्शनयात्रामा सास्ती भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बहुजातीय समाजमा एकले अर्कालाई बुझ्न नसके नेपालमा दुर्भाग्य हुने बताउनुभएको छ ।
सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ । केही बेरअघि सुरु भएको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको गृहमन्त्रालयका एक अधिकारी विनोद विश्वकर्माले बताउनुभयो ।
वराहक्षेत्र मन्दिर जाने सडक खण्डबाट हिजो साँझ १२० किलोग्राम गाँजासहित ओसारपसारमा संलग्न चार जना भारतीय नागरिक र दुई जना नेपालीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।