नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दुखद भएको बताउनु भएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक विश्राम नलिने बताउनुभएको छ । भानु नगरपालिका–३ खहरेमा हालै आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेले भन्नुभयो, ‘‘मैले केही गर्न बाँकी छ राजनीतिक विश्राम लिने बेला भएको छैन ।’’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो सङ्घीय तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । उहाँले अहिले नै निश्चित भइनसकेको बताउँदै जोसँग पनि तालमेल वा सहकार्य गरेर जान सकिने सम्भावना रहेको उहाँको भनाइ थियो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव आशिंक परेको छ । मंगलबार नेपाल बन्दको घोषणा गरेको भए पनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको हो ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० मा ११ हजार सात सयले मिर्गौला प्रतिस्थापन थेरापी लिएकामा सन् २०२० मा त्यो सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २७ हजार सात सय पुगेको थियो ।
सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो । यहाँका बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नआएको बताउनुभएको छ ।
विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवन जिल्लामा आंशिक रुपमा परेको छ । यहाँको मुख्य बजार क्षेत्रका पसलहरु बन्द छन् भने चितवन भएर चल्ने लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा(कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्नुभएको हो ।
भूमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले सबै भूमिहीनलाई लालपूर्जा वितरण गर्ने योजना बनाएर कार्यान्वयन चरणमा रहेको बताउनुभएको छ । उहाँले कोही पनि मानिस भूमिहीन र सुकुम्बासी नहोस् भनेर सरकारले सबैलाई जग्गा उपलब्ध गराउने अभियान थालेको बताउनुभयो ।
चीनको स्वशासित प्रदेश तिब्बतमा रहेको मानसरोवर कैलाश दर्शनको लागि ५६ जना धार्मिक पर्यटकहरु सिमकोट पुगेका छन् । नाम्खा गाउँपालिका– ६ को नेपाली भूमि लाप्चा क्षेत्र भएर पर्यटकहरु सो स्थानमा जान लागेका हुन् ।
मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले स्वीमसुट राउणमा प्रस्तुती प्रदर्शनी गरेका छन् ।
अहो ! कसरी तर्नु ? कालो नीलो रै’छ ! वैतरणी कसरी तर्नु ? लौन के गर्नु ? हे भोला ! उपाय के होला ? यसबाट कसरी मुक्त हुने होला ? अर्काे बाटो भए लामै भए नि बरु बिस्तारै हिँडेर भए पनि तर्ने थिएँ । कस्तो भयो नि ? लौन कोही छ यो बाटो हिँड्ने ? लौन प्रभु मलाई वैतरणी तारी दिनु प-यो । कोही छ यहाँ ?
राम र सीता दाजुबहिनी थिए । राम पढाइमा अलि कमजोर र सीता अलि तेज थिइन् । उनीहरू एउटै कक्षामा पढ्थे । उनीहरूको परिवार मध्यम वर्गीय थियो । आमा घरको काम गर्नुहुन्थ्यो, बुवा सामान्य जागिरे । घरमा बस्तुभाउ थिए । आमा असाध्यै मेहनती हुनुहुन्थ्यो । बुवाले पनि घरमा बसेको बेला आमालाई सघाउनु हुन्थ्यो । बारीमा फलफूल, तरकारी हुन्थे । गोठमा गाईबस्तु, खोरमा बाख्रा, कुखुरा आदि । कहिले कुखुरा, कहिले बाख्रा आदि बेचेर र बेलाबेलामा घरमा उब्जेको तरकारी, फलफूल आदि बिक्री गरेर उनीहरूको विद्यालयको शुल्क तिर्ने खर्च जुट्थ्यो । अर्थात् आमाकै मेहनतले उनीहरूको पढाइ खर्च चलेको थियो ।
नेपालका एक सय २५ जातिमध्ये कुमाल पनि एक हो, जसलाई आदिवासी/जनजातिमा सूचीकरण गरिएको छ। नेपालका अधिकांश जिल्लामा (केही हिमाली जिल्लाबाहेक) छरिएका कुमालको तनहुँ, लमजुङ, अर्घाखाँची, चितवन, धादिङ, पाल्पा, पर्वत, दोलखा, सङ्खुवासभा, नुवाकोट र गुल्मीमा बाक्लो बसोबास रहेको छ। नदी, घाटी र समथर मैदानमा यिनीहरूको बढी बसोबास छ। यसो हुनुमा माछा मार्ने कुमाल जातिको परम्परागत पेसाका कारण हुन सक्छ। वि.सं. २०६८ को जनगणनाअनुसार कुमालको जनसङ्ख्या एक लाख २१ हजार १९६ रहेको छ। जसमध्ये सहरी क्षेत्रमा १८ हजार ३५५ र ग्रामीण क्षेत्रमा एक लाख दुई हजार ८४१ जनाको बसोबास छ।