प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले नजिकिँदै गएको चाडबाडलाई लक्षित गरी बजारमा हुन सक्ने मूल्य वृद्धि र कालोबजारीको अनुगमनलाई प्रभावकारी तुल्याउन निर्देशन दिएको छ ।
वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रुपियाँ ठगी गर्ने एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छन्तुका चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरीले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो ।
ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई नवलपुरमा तीव्र पारेको छ । चाडपर्वमा यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन शुरु गरेको छ । पछिल्लो समय ट्राफिक नियम उल्लघंन गरि सवारी चलाउनेको संख्या बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
नेकपा (एमाले) कर्णाली प्रदेशको नेतृत्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरुबीच सहमती नजुटेपछि मतदान प्रक्रिया सुरु गरिएको हो । निर्वाचन तालिकालाई बन्दसत्रले पारित गरेको छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो ।
घोराही उपमहानगरपालिकाले ‘एक वडा एक जलाशय’ अभियान सञ्चालन गरेर घोराहीका अधिकांश वडामा जलाशय निर्माण गरेको छ । अभियानअन्तर्गत पालिकाका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाउनुभएको छ । सत्तामा बसेकाहरुले देश र जनताको पक्षमा काम गर्न नसकेको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्नुहुन्छ ।
लहान नगरपालिका –२३ गढाका ७५ वर्षीय मृतक दाजुको मुख हेर्न माइतीघर आउनुभएकी ७० वर्षीय रकसीदेवी सहनीको पनि निधन भएको छ ।
संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
चलचित्रको प्रचारप्रसारका लागि ‘परदेशी २’ को टोली बिहीबार पोखरा आइपुगेको छ । विदेशमा पढ्न जाने नेपाली विद्यार्थीको कथावस्तुमा यो फिल्म बनेको छ ।