निगुरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निगुरो पाक्ने गरेको छ । लेकाली निगुरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निगुरोको माग बागलुङमा उच्च छ ।
खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उहाँहरुको भनाइ छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –५ ले सरसफाइ अभियान सुरु गरेसँगै टोलबस्तीहरु सरसफाइयुक्त हुन थालेका छन् । आफ्नो टोल आफैँ सरसफाइ गर्नुपर्छ भन्ने सन्देशसहित हप्ताको एक दिन श्रमदान अभियान सुरु गरेपछि टोल तथा बस्तीहरु सरसफाइयुक्त हुन थालेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्काे महिनाभित्रै गण्डकी प्रदेशसभा भवन निर्माण थालिने बताउनुभएको छ ।
हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले यस वर्ष पाँच करोड रुपियाँ खर्च गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२४ लाई लक्षित गरी भरतपुर भ्रमण वर्ष घोषणा गरेको महानगरले यतिवेला सहरका मुख्य सडक र मानिसको बढी आवत–जावत हुने क्षेत्रमा वृक्षरोपण र सरफाइमा ध्यान दिन थालेको छ ।
ओलम्पिक काउन्सिलअफ एसिया (ओसीए) का कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ को प्रशंसा गर्नुभएको छ ।
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
सञ्चालनमा रहेको अस्पतालको स्वामित्व ग्रहण गरेर वा छुट्टै अस्पताल स्थापना गरेर विश्वविद्यालयले स्वास्थ्य सङ्कायका विद्यार्थीहरुका लागि आवश्यक परेको अस्पतालको अभाव पूर्ति गर्ने छ ।
संघीय सरकारले आर्थिक वर्ष २०७६–७७ बाट औद्योगिक ग्राम निर्माण योजना ल्याएको थियो । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ नीतिअन्तर्गत कार्यक्रम अघि बढाएको छ । तर यसको कार्यान्वयन निकै सुस्त छ ।
अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिनुभयो ।
भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ ।
तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ ।
विश्व मुटु दिवसका उपलक्ष्यमा आज बिहान विराटनगरमा आयोजित सचेतनामूलक प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी हुनुभयो ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छन्तुको सुवाङ्लिउ आइपुग्नुभएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष ९सोह्रश्राद्ध०का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो ।