अन्नपूर्ण हिमाल सफाइमा जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले लोगो अङ्कित झन्डा हस्तान्तरण गर्नुभएको छ । महानगर प्रमुख आचार्यले सहसेनानी भीमबहादुर भुजेललाई झन्डा हस्तान्तरण गर्नुभएको हो ।
वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो (रुट) तयार हुन अझै एक महिना लाग्ने भएको छ । पर्यटन विभागका अनुसार फागुन अन्तिम सातादेखि सुरु भएको सगरमाथा आरोहणको बाटो पहिल्याउने काम वैशाख १५ गते (मे फस्र्ट) सम्ममा पूरा हुनेछ । अहिले अनुभवी आइसफल डाक्टर (हिउँमा बाटो बनाउने व्यक्ति)को १० सदस्यीय टोलीले बाटो खुला गर्ने प्रयास गरिरहेका छन् ।
आन्दोलन गरिरहेको सर्वदलीय सङ्घर्ष समितिले लाठी जुलुस प्रदर्शनपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। हातहातमा लाठी लिई प्रदर्शन गरिरहेका व्यक्तिहरूले नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। सर्वदलीय सङ्घर्ष समितिका अध्यक्ष बिकाउ यादवले सङ्घर्ष समितिले अघि सारेको नौ बुँदे मागलाई बेवास्ता गरेपछि हरिपूर्वा नगरमा लाठी जुलुस र कार्यालयमा तालाबन्दी गरिएको बताउनुभयो।
जुत्ताचप्पल मर्मत गरेर गुजारा गर्ने लहानका चमार समुदाय चार लेन सडक विस्तार भएपछि आफ्नो पेसाबाट विस्थापित भए। लहानको मुख्य चोकको उत्तरतर्फ राष्ट्रिय सडकको किनारामा जुत्ताचप्पल सिलाएर गुजारा गरिरहेका चमार राजमार्ग चार लेन भएपछि गुजारा कसरी गर्ने भनेर पिरोलिएका छन्।
खेलको माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले इलाममा खुल्ला म्याराथन हुने भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर वैशाख १ गते म्याराथनको आयोजना गर्न लागिएको हो । इलाम नगरपालिकाको वडा नम्बर– १० देखि धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीको सात खाल्डे सम्म ४२ किलोमिटर दुरीमा म्याराथन गरिने इलाम नगरपालिकाले जनाएको छ ।
सिमसारको जमिन व्यक्तिको नाममा दर्ता गरी अतिक्रमण गरिएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका–८ स्थित मरधर सिमसारको अधिकांश जमिन व्यक्तिको नाममा दर्ता भएको पाइएको छ। करिब ८० बिघा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रको जमिनमध्ये ५० बिघाभन्दा बढी जमिन व्यक्तिको नाममा दर्ता भएको छ। मालपोत कार्यालय चन्द्रपुरको जग्गाधनी दर्ता प्रमाण स्रेस्तामा अभिलेख छ। २०४६ सालमा मकवानपुरको धियाँलबाट हटाइएका नागरिकलाई वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगले रौतहटको साबिक रङ्गपुर गाविसस्थित कटानी भन्ने स्थानमा स्थानान्तरण गरेको थियो। सोही बखत आयोगले सिमसारको जमिन पनि व्यक्तिको नाममा दर्ता गराएको अभिलेख रहेको मालपोत कार्यालय चन्द्रपुरका अधिकृत केशव भट्टराई बताउनुहुन्छ।
खिजीदेम्बा गाउँपालिका लिखु–४ जलविद्युत् आयोजनासँग प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न ले माग गरेको छ। सम्झौताअनुसार काम नगरेपछि खिजीदेम्बा गाउँपालिकाले सहमति कार्यान्वयन गर्न पत्र लेखेर सहमतिअनुसार काम गर्न आग्रह गरेको हो। गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आयोजना सञ्चालक कम्पनी ग्रिन भेन्चर्स प्रालिलाई तत्काल सहमति कार्यान्वयन गर्न पत्राचार गर्नुभएको छ। आयोजना सञ्चालन गर्नु पूर्व प्रभावित क्षेत्रमा भौतिक पूर्वाधार र सामाजिक विकासमा काम गर्ने सहमति गरेको लिखु–४ ले सम्झौताअनुसार कुनै काम नगरेपछि गाउँपालिकाले ध्यानाकर्षण गराएको अध्यक्ष शेर्पाले बताउनुभयो। स्थानीय सरोकारवालाको माग सम्बोधन गर्दै आयोजनाले २०७७ साउन २६ गते स्थानीयस्तरमा विद्युत् विस्तारदेखि सडक कालोपत्रेसम्मका काम गर्ने सहमति गरेको थियो।
केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै बागमती प्रदेशमा भएको सत्ता समीकरणपछि सरकार विस्तारमा ढिलाइ भएको छ। फेरिएको गठबन्धनमा रहेका दलबीच भागबन्डा नमिल्दा सरकार विस्तारमा केही दिन ढिलाइ हुने भएको छ। सरकार विस्तारमा ढिलाइका कारण प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। एक महिनाभन्दा लामो समयदेखि चारवटा मन्त्रालयको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री जम्कट्टेलमाथि गत शुक्रबार थप चारवटा मन्त्रालयको बोझ थपिएपछि आठवटा मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउन भन्दै खोलिएको एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । यसरी ठगीमा पर्ने कति छन् भन्ने आधिकारिक तथ्याङ्क कसैसँग छैन ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले एक वर्षभित्र जनगणनाको पूर्ण विवरणको अन्तरविषयक तालिका (क्रस टेबुलेसन) सार्वजनिक गर्ने भएको छ। गत साता सार्वजनिक पूर्ण विवर
आज (शुक्रवार) देश सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीमा ह्विल चेयर ट्रेल निर्माण गरिएको छ। ह्विल चेयर प्रयोगकर्तालाई बनेपाबाटै काठमाडौँ उपत्यका तथा उत्तरतर्फका करिब १४ वटा हिमालको दृश्यावलोकन गराउने उद्देश्यले ह्विल चेयर ट्रेल निर्माण गरिएको हो।
सार्वजनिक भवन, सडक, सूचना र सञ्चारलगायत सार्वजनिक सेवा लिने स्थान अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिले सेवा लिन, पढ्न एवं न्यायमा पहुँच नपाएको देखिएको छ। राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय अपाङ्ग महासङ्घले संयुक्त रूपमा गरेको एक अध्ययनले सो देखाएको हो। आयोगद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सो अध्ययनका निष्कर्ष एवं आयोगले गरेका सिफारिसका बुँदाहरू समेटिएको ‘अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचानसम्बन्धी अध्ययन’ पुस्तक लोकार्पण गरिएको हो।
नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बसेको बैठकमा चैत १८ गतेदेखि रसुवागढी–केरुङ नाकामार्फत दुईतर्फी व्यापार र जनसम्पर्कका लागि आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।
नेपाल वायुसेवा निगमले काठमाडौँ–मलेसिया नियमित उडान पुनः सुरु गरेको छ। फरेन एयर अपरेटर सर्टिफिकेट (एफओसी) नवीकरणमा हुन सक्ने ढिलाइलाई ध्यानमा राखेर नेपाल नागरिक उड्डयन प्राधिकरणसँग चार्टर उडानको अनुमति मागेको निगमले पुनः नियमित उडान सुरु गरेको हो। यसअघि नियमित उडानकै समयमा र भाडामा मङ्गलबार उडान गरेको निगमले बुधबारदेखि पुनः पहिलेकै अवस्थामा नियमित उडान गर्ने अनुमति पाएको निगमले जनाएको छ।