कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्यले गति लिएको छ । चालु आर्थिक वर्षभित्रै बाँकी कार्य सक्ने गरी स्तरोन्नति कार्यलाई गति दिइएको हो । गएको आवमा राजमार्ग स्तरोन्नतिको कार्य सुस्तगतिमा भएपछि स्थानीयले विरोध जनाएका थिए । अब मेसिनले गर्ने काम मात्रै बाँकी रहेकाले निर्माण कम्पनीले कामलाई गति दिएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले बताउनुभयो । “मान्छेबाट हुने काम सकिएको छ,” उहाँले भन्नुभयो, “अब मेसिनले गर्ने काम मात्रै बाँकी छ ।”
‘क्या राम्रो स्याउ बारी मार्फा गाउँमा’ भन्ने गीत हामीले धेरै पहिलादेखि सुन्दै आएका छौँ । त्यही गीतका शब्दमा भनिए जस्तै ‘हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ’ अहिले बजारमा आएको छ । स्याउको बजारमा माग पनि निकै हुने र त्यही माग अनुसारकै स्याउ बजारमा पनि पाउँदा उपभोक्ता पनि मक्ख छन् । भदौ मसान्तसम्म टिप्नै नपाइने गरी प्रतिबन्ध नै लगाइएको स्याउमा गुलियोपन भरिँदै गएपछि बजारमा पुग्न थालेका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
चीनमा जारी १९ औँ एसियाली खेलकुद (एसियाड) मा इतिहासमै सबभन्दा धेरै खेलाडी सहभागी गराएको नेपालले पदकको आशा गरिएका तेक्वान्दो, बक्सिङ, जुडो, उसु जस्ता खेलमा पनि निराश बन्नु परेको विडम्बना छ । एसियाडमा नेपालले पहिलो पटक २९ खेलमा २५३ खेलाडी सहभागी गरायो तर खेलका पदक धेरै खेलाडीका निम्ति आकाशको फल भए । प्रतिस्पर्धामा उत्कृष्ट कौशल प्रदर्शन हुनु पर्छ । पर्याप्त राष्ट्रिय लगानी, तयारी, अभ्यासबाट खारिएका अन्य देशका खेलाडीसामु कम
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सेप्टेम्बर २८ लाई प्रत्येक वर्ष सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको छ । यो वर्ष विश्वव्यापी रूपमा ‘सूचनामा पहुँच स्थापित गर्नका लागि अनलाइन स्पेसको महत्व’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । हामीले नेपालमा ‘अनलाइन स्पेस र सूचनाको हक : अवसर र चुनौती’ नाराका साथ यो दिवस मनाइरहेका छौँ । सूचनाको हकलाई संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका कुनै पनि विषयको सूचना माग्ने र पाउने हक सुरक्षित गरेको छ । संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि लोकतान्त्रिक पद्धति स्थापनापश्चात् स्थापित संविधान सभाले जारी गरेको सूचनाको हकसम्बन्धी
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छन्तु जाँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लाग्नुभएको हो ।
विगत लामो समयदेखि हाम्रो देशको मुख्य समस्या बेरोजगारी र गरिबी हो । बिदेसिनु, मुग्लान जानु वा लाहुर जानु हाम्रो परम्परागत विशेषता हो । जागिर खोज्ने क्रममा विदेशी सेना वा पल्टनमा भर्ती हुनु, भारत, बर्माका कोठीमा धाउनु हाम्रा बाध्यता थिए । आजको विश्वमा विज्ञान र प्रविधिको विकासका कारण सानो देश वा गा
राजनीतिक स्थिरता, शान्ति, विकास र सुशासनलाई आधार बनाउँदै देश र जनताको हितमा समर्पित भई नयाँनयाँ सुधारका नीति अगाडि सारेर परिवर्तनको लहर ल्याउने नेतृत्व नै राजनेता हुन् । वास्तवमा राजनेताले अविस्मरणीय आयाम थप्दै आमजनतालाई विश्वासमा लिएर राष्ट्रलाई शक्तिशाली बनाउने क्षमता मात्र नराखी उनीहरू विश्व समुदायलाई नै प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ठुलो योगदान पु¥याउन सफल हुन्छन् । राजनेता बन्न सानो त्याग र तपस्याले पुग्दैन, त्यसका लागि विशिष्ट खाले गुणहरूको विकास गर्दै परिवारवाद, नातावाद, कृपावादभन्दा माथि उठेर आमजनताको साझा नेतृत्वका रूपमा स्थापित हुन सक्नु पर्छ ।
बालबालिकाको सोचाइ, निर्णय र व्यवहारमा परिपक्वता हुँदैन । मानसिक अपरिपक्व अवस्थामा गरिएका कामलाई वयस्क व्यक्तिले गरेका अपराधमा झैँ दण्डित गर्नु हुँदैन । क्षणिक आवेश र बौद्धिक अविकासका कारणले गरिएका अपराधलाई बाल बिज्याइँ भन्ने गरिन्छ । बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानुन र मान्यताले निश्चित उमेरसम्मका बालबालिकाले अपराध गर्न सक्दैनन् भन्ने मान्यता राख्दछ । निश्चित उमेरका बालबालिकाले अपराध गरे पनि त्यसको दायित्व उनी
इजरायलमा सहायक श्रमिक केयरगिभरमा काम गर्न गएकामध्ये तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा ढिलाइ भएको जनाइएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल र नेपालबिच सम्झौता (जिटुजी) मार्फत इजरायल गएका एक हजार एक सयमध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको हो ।
अब बैङ्कहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एक सर्कुलर जारी गर्दै दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । यसभन्दा अगाडि दैनिक १० किलो सुन आयात गर्न सकिने व्यवस्था थियो । यता राष्ट्र बैङ्कले कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिना आयात गर्न भने नपाइने उल्लेख गरको छ ।
सर्वोच्च अदालतले सिमसार क्षेत्रको सिमाना (अधिकार क्षेत्र) तोक्ने कार्य सङ्घीय सरकारको एकल अधिकार भएको व्याख्या गरेको छ । कास्कीको फेवातालको मापदण्ड घटाएर कायम गर्ने पोखरा महानगरको नगर कार्यपालिकाको निर्णय बदर गर्दै सर्वोच्चले मापदण्डको अधिकार सङ्घको भएको व्याख्या गरेको हो । अदालतले सिमसार क्षेत्रका लागि मापदण्ड तथा कानुन कार्यान्वयनको अधिकार भने स्थानीय तहकै भएको आदेशमा भनेको छ ।
१९औं एसियाड अन्तर्गत गल्फ खेलको ब्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोस जनक खेल प्रदर्शन गरेको छ ।