वि.सं १९९० मा पहिलो पटक सञ्चालन भएको एसएलसी मुलुक सङ्घीयतामा रूपान्तरण भएपछि केही वर्षअघिदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नाममा सञ्चालन भइरहेको छ। यस वर्षको एसईई चैत १७ देखि २६ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा मूल्याङ्कन पद्धतिमा केही परिवर्तन भए पनि हाल न्यूनतम उत्तीर्णाङ्क (प्रयोगात्मक र मूल सैद्धान्तिक परीक्षा) तथा अक्षराङ्क/ग्रेडिङ पद्धतिलाई समायोजित रूपमा मूल्याङ्कनको आधार बनाइएको छ। शिक्षा (आठौँ संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आएसँगै कक्षा १० एसईईको परीक्षा एवं कक्षा ११ र १२ को परीक्षासम्बन्धी कार्यहरूलाई राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकारभित्र आबद्ध गरिएको छ। साथै, कक्षा १० को परीक्षा प्रादेशिक स्तरमा सञ्चालन गर्ने र समग्र विद्यालय शिक्षाको परीक्षालाई समेत दिशानिर्देश गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डको परिधिभित्र समाहित गरिएको छ।
टाइम्स हाइअर एजुकेसन वल्र्ड युनिभर्सिटी र्याङ्किङ, २०२३ अनुसार त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्ख्याका आधारमा संसारकै ठूलो विश्वविद्यालय हो। उक्त संस्थाका अनुसार नेपालको स्थान विश्वस्तरमा ८०१–१००० र एसियालीस्तरमा २०१–२५०औँ स्थानमा रहेको उल्लेख छ। उक्त संस्थाले गरेको श्रेणीकरणको आधार भनेको शिक्षण अभ्यास विश्वविद्यालयको आय, विद्यार्थी–शिक्षक अनुपात, अनुसन्धान र प्रकाशन हो। नेपालको उच्च शिक्षाको विकासमा त्रिविको भूमिका उल्लेखनीय मात्र होइन, प्रशंसनीय भएको भन्दा अतिशयोक्ति हुँदैन।
स्वर्णभूमि लङ्का विजयपछि भाइ लक्ष्मणले दाजु रामलाई यतै बसौँ अब भन्दा श्रीरामले भन्नुभयो, “मलाई जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारो लाग्छ, त्यसैले यता नबसौँ, आफ्नैतिर जाऊँ।” सायद अहिले पनि यो भनाइ सार्थक नै छ। आज चैत्रशुक्ल नवमी अथवा रामनवमी हो। भागवतमा अहं सर्वेषु भूतेषु भनिएको छ, अर्थात् ईश्वर सबै प्राणी जगत्मा रहेका छन्। पूर्वीय चिन्तनमा परमेश्वरको चर्चा सबैतिर छ। परमेश्वर, परमतत्व, ब्रह्मभाव सबै जीवात्मामा निराकार रूप लिएर चित् स्वरूपमा रहेको र जगत्मा सगुण, साकार स्वरूप लिएर सर्वत्र, सर्वव्यापी भएको धर्मशास्त्रले पुष्टि गरेका छन्। हाम्रा श्रुति (वेद)हरूले परमतत्व जीवात्मामा आराम तìव लिएर हरप्राणीमा राम रहेको बताएका छन् भने स्मृति (पुराण)हरूले परमेश्वरका परमलीला प्रसङ्ग, अवतार कथा रसिलो ढङ्गले प्रस्तुत गरेका छन्।
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
गलकोट, चैत १६ गते । यो पैसो कैलेलाई, चैते दसैँलाई त्यो पनि मागे दिन्न कसैलाईचैते दसैँ मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो गीत । एक दशकअघिसम्म परम्परागत चैते दसैँको छुट्टै रौनकता थियो । लोक गायक टीका क्षत्रीको ‘चैते दसैँ मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो ।मेलामा यानी माया, सालैजो, झ्याउरे गीत गुन्जिन्थे भने, स्थानीय उत्पादनको व्यापार राम्रो फस्टाउँथ्यो । अहिले रेकर्ड गरिएका आधुनिक गीतले पाका पुस्तालाई चैते दसैँ फेरिएको महसुस हुन्छ । बढ्दो आधुनिकतासँगै पहिलाको चैते दसैँ र अहिलेको चैते दसैँमा व्यापक परिवर्तन आएको स्थानीय ८५ वर्षीया दुर्गा आचार्यले बताउनुभयो । पहिला ठेका, डाला, नाङ्ला, आँसी, बाउसा, सेल रोटी विभिन्न अन्नको कारोबार भएपछि पछिल्लो समय आधुनिक उपकरण, प्लाष्टिकका भाँडाकुँडा तथा आधुनिक खेलौनाको बढी कारोबार हुने गरेको छ । लिङ्गे पिङ र चर्खे पिङ्गको सट्टा आधुनिक पिङ सञ्चालनमा छन् । “उ बेला चैते दसैँलाई भनेर खर्च जोहो गर्ने चलन थियो, मेलामा स्थानीय उत्पादनको मात्रै कारोबार हुन्थ्यो, राडी, कम्बललगायत लत्ताकपडाको कारोबार हुन्थ्यो”, आचार्यले भन्नुभयो, “एक वर्षलाई पुग्ने गरी स्थानीय उत्पादन खरिद गरेर स्थानीयले लैजान्थे, अहिले त प्लाष्टिकका सामग्रीको बढी कारोबार हुन्छ, स्थानीय उत्पादनले प्राथमिकता पाउँदैन, बढ्दो आधुनिकतासँगै चैते दसैँको मौलिकता फेरिएको पाइन्छ ।”पहिलाको चैतेदसैँ र अहिलेको चैतेदसैँको कुनै तुलना हुँदैन । त्यो बेलाको चैतेदसैँमा रेरेरे गीत गाउने, घरेलु उत्पादनको खरिद–बिक्री गर्ने चलन थियो । उहाँले भन्नुभयो, “अहिले मेलामा आधुनिक गीतमा नाच गान हुन्छ, लोकदोहोरी गीतसमेत खस्केको छ, पहिला चैते दसैँमा दोहोरी गाएकै भरमा यहाँका थुप्रै कलाकार राष्ट्रिय कलाकार भएका छन्, अहिले त नाच गान, खानपिन, रमाइलो मात्रै छ, स्थानीय उत्पादन देखिनै छाडे, फाट्टफुट्ट देखिएका मादल, डाला, नाङ्ला र ठेकासमेत बिक्री भएको पाइँदैन, गिहालेपनि प्रयोग गर्न नभएर सजाउन मात्रै लगेको पाइन्छ ।”पहिला मेलाको नाममा यही एउटा चैतेदसैँ भए पनि पछिल्लो समय गाउँ–गाउँमा विभिन्न मेला तथा महोत्सव आयोजना हुन थालेपछि चैतेदसैँ मेलाको रौनकतामा कमी आएको स्थानीय राधिका रानामगरले बताउनुभयो । बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीको खरिद–बिक्रीका लागि मेला लागेपछि अहिले यसलाई चैत्राष्टमी मेलाको नाम दिइएको छ ।बागलुङ कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । “हिन्दु धर्ममा कालिका भगवतीको महत्पूर्ण स्थान छ, जसमध्ये नेपालमै कालिका मन्दिरमा बागलुङ कालिका प्रसिद्ध छ”, रानाले भन्नुभयो, “कालिका मन्दिरसँगै जोडिएको छ चैतेदसैँ मेला बागलुङको ब्राण्ड बन्दै गएकामा दुई मत छैन तर पछिल्लो समय यस मेला गीतसङ्गीत र खानामा मात्रै सीमित भएको पाइन्छ ।”यही चैत १३ देखि १७ गतेसम्म चल्ने चैतेदसैँ मेला नाचगान, दोहोरी गीत, खानाका परिकार तथा रमाइलो मेलामा मात्रै सीमित भएको कतिपयको गुनासो छ । मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, हँसिया, बाउसा, मान्द्रो, थुन्से, मादल भाँडाकुँडालगायत दैनिक उपभोग्य वस्तु खरिद–बिक्री हुने गरेकोमा अहिले खेलौना सामग्री र मदिरा र खानाका परिकार मात्रै बिक्री–वितरण हुने गरेको पाइएको छ ।त्यो चैतेदसैँ र अहिलेको नाच गान, खानपिन, लत्ताकपडा, रमाइलो मेलासहितको अहिलेको चैतेदसैँ धेरै अन्तर्वस्तु फरक पाइएको छ । मेलामा मौलिक तथा स्थानीय उत्पादनलाई निःशुल्क कक्ष र यातायात खर्चको व्यवस्थापन गरे पनि स्थानीय उत्पादनप्रति स्थानीयको रुचि घट्दै आधुनिक सामग्रीमा आकर्षण बढेको पाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।“चैतदसैँमा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको छ, हामीले ठेका, डाला उत्पादन गर्नेहरूलाई फोन गरेर बोलाउन थालेका छौँ, उनीहरूको व्यापार नभए यातायात खर्चसमेत आयोजकले व्यवस्थापन गर्छ”, खड्काले भन्नुभयो, “तर बढ्दो आधुनिकता, प्रविधिको प्रयोगका कारण मेलालाई प्रत्यक्ष असर पर्दै आएको स्वीकार छ ।”मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि बिस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको छ । पच्चीस वर्षदेखि कालिका मन्दिरमा डाला र नाङ्ला लिएर व्यापार गर्दै आउनुभएका बागलुङको बडिगाड गाउँपालिकाको ससिराम साम्दाखाडीले अबको केही वर्षमा यिनै डाला र नाङ्लासमेत देख्न नपाइने बताउनुहुन्छ । “करिब २५ वर्ष भयो होला, निगालोको चोयाबाट बनेका डाला, नाङ्ला लिएर बागलुङ बजार आएको पहिला बोकेर ल्याइन्थ्यो, अहिले यातायातका साधनमा ल्याइन्छ, पहिला डाला र नाङ्ला बेचेर वर्षभरि खान पाइन्थ्यो, अहिले परम्परा धान्ने मात्रै काम भएको छ, पहिला जस्तो चैते दसैँको मौलिकता छैन”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई राज्यले हेरेन, छोरा नातिले अर्कै काम समाल्न थाले, स्थानीय उत्पादनको व्यापार छैन, आफू बुढो हुन लागियो, सक्ने बेलासम्म मेलामा आउने हो ।” ठेका ठेकी बनाउने परम्परासमेत पुस्तान्तरणको अभावमा लोप भएर गइरहेको छ । रासस
बागलुङको बडिगाड गाउँपालिका–४, जलजलाका ६६ वर्षीय गादरे बुढाथोकी चैत्राष्टमी मेला अवलोकन गर्न विगत ४५ वर्षदेखि निरन्तर आउने गर्नुभएको छ। कोरोना कालबाहेकका सबै मेलामा उहाँ उपस्थित हुनुभएको छ। बागलुङ बजारस्थित कालिका मन्दिर परिसरमा सञ्चालन हुने ऐतिहासिक मेलामा उहाँ केवल मेलाको दर्शक र मन्दिरको भक्तजन मात्रै भएर आउनुभएको होइन। गाउँमा वर्ष दिनभरि निर्माण गरिएका डाला, नाङ्ला, थुन्सेजस्ता घरायसी सामग्री लिएर बिक्रीका लागि आउनुभएको हो।
गण्डकी प्रदेश सरकारले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिएको छ। यसअघि ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ शीर्षक राखिएकोमा अहिले नाम फेरिएर ‘पूर्वाधार विकास कार्यक्रम’ ल्याइएको हो। चालु आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड रुपियाँ विनियोजन भएको थियो। यो कार्यक्रमको कार्यविधि फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भइसकेको छ।
मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७९ हजार ९४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रदेशभरका जिल्लामा २७८ वटा परीक्षा केन्द्र निर्धारण गरेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफको प्रथम डिस्ट्रिक्ट महाधिवेशनबाट डिस्ट्रिक्ट गभर्नर, पहिलो भाइस डिस्ट्रिक्ट गभर्नर एवं द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरलाई निर्वाचित गरिएको छ। जनकपुरधाममा आयोजित महाधिवेशनले डिस्ट्रिक्ट गभर्नरमा शिवकुमार कटुवाल, पहिलो भाइस डिस्ट्रिक्ट गभर्नरमा शङ्करकुमार शारदा र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा केशरबहादुर भण्डारीलाई निर्वाचित गरेको हो। डिस्ट्रिक्ट गभर्नर कटुवालले डिस्ट्रिक्ट क्याबिनेट सचिवमा मनोजकुमार सापकोटा, डिस्ट्रिक्ट क्याबिनेट कोषाध्यक्षमा भुवनप्रसाद नेपाल र चिफ डिस्ट्रिक्ट सल्लाहकारमा प्रणिता शर्मा बराललाई मनोनयन गर्नुभएको छ।
वैदेशिक रोजगारीमा जाने तयारी रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेको सङ्ख्यामा उच्च वृद्धि भएको छ । सामाजिक सुरक्षा कोषले औपचारिक रूपमा सुरु गरेको एक सातामै १५ हजार ६८५ जना श्रमिक आबद्ध भएका हुन् ।
वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन् ।
भारतको नयाँ दिल्लीको सफ्टवेयर इन्जिनियरको आकर्षक जागिर छाडेर पर्सा पकहामैनपुर गाउँपालिका–१, धोरेका श्यामवदन यादव गाईपालन व्यवसायमा रमाउनुभएको छ । मासिक दुई लाख भारतीय रुपियाँको जागिर छाडेर आफ्नै गाउँघरमा व्यवसाय गर्ने गरी फर्कनुभएका यादवले पाँचवटा गाईबाट १५ वर्षअघि सुरु गर्नुभएको थियो । अहिले उहाँले ठोरी गाउँपालिका–५, सुवर्णपुरमा कलश क्याटल फार्मिङको नाममा १५० वटा गाईपालन गरिरहनुभएको छ ।
ताप्लेजुङमा अविवाहित पुरुषको सङ्ख्या उन्नाइस हजारभन्दा बढी छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा महिलाको तुलनामा अविवाहित पुरुषको सङ्ख्या बढी पाइएको हो। अविवाहितको सङ्ख्या ३४ हजार ८४७ रहेको छ। उक्त सङ्ख्यामध्ये यहाँ अविवाहित पुरुष १९ हजार ३३४ जना छन्। अविवाहित महिलाको सङ्ख्या भने १५ हजार ५१३ छ। पुरुषभन्दा विवाहित महिलाको सङ्ख्या बढी रहेको तथ्याङ्क सार्वजनिक भएको छ। विवाहित सङ्ख्या ५९ हजार १९५ रहेकोमा महिलाको सङ्ख्या ३० हजार ६१९ देखिएको छ। त्यस्तै विवाहित पुरुषको सङ्ख्या २८ हजार ५७६ मात्र रहेको छ।
बागमती प्रदेश सरकारले २०८० वैशाखबाट मन्त्रालय र मातहतका सबै कार्यालयमा कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाखबाट विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो। प्रदेश सरकार गठन भएको पाँच वर्ष बितिसक्दासमेत प्रदेश सरकारको मन्त्रालय र मातहतका कतिपय कार्यालयमा कर्मचारीको दैनिक हाजिर हाजिरीपुस्तिकामा हुँदै आएको थियो। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले निर्णय वैशाख १ गतेबाट लागू गरिने जानकारी दिनुभयो।
मोरङमा हुलाकी राजमार्ग निर्माण सुस्त हुँदा सास्ती बढेको भन्दै नागरिकले स्थानीय तहमा दबाब बढाएका छन्। विराटनगर महानगरपालिका र कटहरीका बासिन्दाले ठेकेदारले सडक भत्काएर छोडेपछि सास्ती बढेको भन्दै निर्माण पहल माग गर्दै दबाब बढाएका हुन्। कटहरी गाउँपालिकामा चार राजनीतिक दल र उद्योग वाणिज्य सङ्घले अध्यक्ष देवराज चौधरीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै तत्काल सडक निर्माणको कामबारे चासो लिइदिन माग गरेका छन्। कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर समेट्ने जुडी खोलादेखि सिङ्घिया खोलासम्मको सडक भत्काएर निर्माण नगरिएपछि त्यसले सास्ती बढाएको भन्दै ज्ञापनपत्र बुझाइएको हो। निर्माण कम्पनीले काम रोकेको भन्दै गाउँपालिका