चीनका विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताउनुभएको छ ।
दाङमा ड्रागन फलको व्यावसायिक खेती गरेका किसानले राम्रो आम्दानी लिने गरेका छन् । जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महँगोमा बिक्री हुनेगरेका कारण राम्रो आम्दानी हुनेगरेको कृषकको भनाइ छ ।
येँयाः (इन्द्रजात्रा) को अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
‘जनताको जलविद्युत’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या नहुने बताउनुभएको छ ।
१९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम इभेन्टको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको अन्तिम १६ को खेलमा नेपालले मंगोलियालाई ३–१ ले हरायो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताउनुभएको छ ।
बिरामीको उपचार गर्न छाडेर चिकित्सक चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सडकमा निस्केका छन् ।
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ अहिले नेपाल र बङ्लादेशबीच खेल भइरहेको छ । समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवरको अवलोकन गर्नुभएको छ ।
परिवर्तनका लागि जनयुद्ध हाँकेका माओवादीका नेता तथा कार्यकर्ताहरू फेरि कुचो लिएर अस्पताल, गाउँ सरसफाइमा लागेका छन् ।
लापरबाहीले जिल्लामा बढेको सड्क दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षासम्बन्धी राष्ट्रिय अभियान अन्तर्गत बिहीबार सप्तरीमा सरोकारवालासँग सचेतना कार्यक्रम भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
असोज ५ गते शुक्रबार बसेको प्रदेश सभाको ३६ औँ बैठकमा संविधान सभा अध्यक्ष, प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेर सकियो ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौताहरू भएको बताउनुभएको छ ।