गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्र कुमार शर्माले अध्यक्ष पदमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन् ।
धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्ध वृद्धासँगै स्वयंसेवकका रूपमा गएका दुई जना तीर्थयात्री देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको छ ।
कालीगण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाइ बहुउद्देश्यीय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ ।
मकै सबैलाई मन पर्छ । सबैभन्दा बढी खपत हुने मकै मौसमी हरियो हो । पोलेर खाने कि उसिनेर, जसरी खाँदा पनि स्वादिष्ट हुन्छ हरियो मकै । हामीले नेपालमा पहेँला मकै मात्र देखेका छौँ तर मकै अनेक खालका हुन्छन् । यिनका परिकारमा पनि त्यत्तिकै विविधता छ । हामी नेपालीले मकै कि पोलेर खान्छौँ कि उसिनेर वा च्याख्ला बनाएर । कसै कसैले ढिडो, पुवा वा रोटी पनि बनाएर खाने गर्छन् । स्वास्थ्यका हिसाबले पनि यो अन्न अति उत्तम छ । ‘कर्न कल्चर’ अर्थात् मकै संस्कृति ओल्मेक, मेक्सिकोमा विकसित भएको मान्यता छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा सबैभन्दा
कुस्मा नगरपालिकाको आर्थिक वर्ष २०८०-०८१ को लागि कुल बजेट निर्धारित समयभन्दा तीन महिनापछि मात्रै बुधवार सम्पन्न नगर सभा मार्फत सार्वजनिक भएको छ । कुस्मा नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ८७ करोड ८५ लाख सार्वजनिक गरेको हो ।
पल्लवीलाई भोजको निम्ता आयो कि, ब्युटिपार्लरमा सिँगारपटार नगरीकन चित्तै बुझ्दैनथ्यो । हुन त प्रकृतिले नै उनलाई सुन्दरी बनाएको थियो । सिँगारपटार नगर्दा पनि । उनका श्रीमान् उनलाई भन्ने गर्थे “तिमीलाई सिँगारिन क
ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो ।
कालीगण्डकी कोरिडोरमा ठुलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
अदम्य साहस र दृढ सङ्कल्प भएपछि मानिसले जस्तोसुकै कठिन कार्य पनि गर्न सक्छ । पोलियोले हिँडडुल गर्न नसक्ने एक बालिकाले जब “विश्वकै छिटो दौडिने खेलाडी बन्न चाहान्छु” भनेको सुन्दा तपाईं छक्क पर्नुहुन्छ होला । ती चार वर्षकी बालिका, जसलाई पोलियो भएर हिँडडुल गर्न ब्रेस लगाउनु परेको थियो, तिनै बालिकाको सपना साकार बनाउने कुरा यस्ता छन् । उनी थिइन् विल्मा जि. रुडोल्फा । अमेरिकाको टेनेसी राज्यको एक गरिब परिवारमा सन् १९४० जुन २३ मा उनी जन्मिएकी थिइन् । उनी सानो छँदा दुई पटक निमोनिया र कालाजारले थला परिन् । त्यसपछि पोलियोले खुट्टा नचल्ने भयो । डाक्टरले खुट्टामा ब्रेस लगाइदिए । ब्रेस लगाएपछि सामान्य हिँडडुल गर्न मात्र सकिन् । डाक्टरले उनलाई खेलकुदमा कहिल्यै सक्रिय हुन नसक्ने भने ।
हास्यकलाकार चार्ली च्याप्लिन र तानाशाह हिटलर आफ्नो ‘टुथब्रस स्टाइल’ जुँगाबाट चर्चित थिए । यस्तै विश्व कम्युनिस्ट आन्दोलनका नेता भ्लादिमिर लेनिनको झुसे दाह्री अनि सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको बाक्लो झाँगिएको दाह्री–जुँगाको पनि चर्चा हुने गर्छ । नेपालमा ‘लङ सेप’ जुँगा बढी चलनमा छ । जुन हाम्रै पुर्खाको शैली भएको जुँगा पाल्नेहरू बताउँछन् । पहिलेका राजा महाराजाका तस्बिरमा पनि छेउमा बटारिएका लामा जुँगा देख्न सकिन्छ ।
इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
तनहुँको भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर छ । साबिक भिमाद गाविस रहेको यो नगरपालिका २०७३ सालमा नगरपालिकाका रूपमा स्थापना भएको हो । यस नगरपालिकामा कृषिको प्रचुर सम्भावना छ । विशेष गरी यहाँबाट ठुलो परिमाणमा अदुवा भारत निकासी हुने गर्छ । तनहुँका अतिरिक्त स्याङ्जा, नवलपरासी, नवलपुर र पाल्पा जिल्लाको व्यापारिक केन्द्रका रूपमा रहेको भिमाद बजार यसै नगरपालिकामा पर्छ । भिमाद नगरपालिकाका प्रमुखमा दधिराज सुवेदी नेकपा (एमाले) का तर्फबाट निर्वाचित हुनुभएको हो । नगर प्रमुख सुवेदीसँग गोरखापत्र दैनिकका पत्रकार अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
पोखरा महानगरपालिकाले पातले छाँगो निजी कम्पनीलाई दिने निर्णय गरेको छ। महानगरपालिकाले सेती क्यानोनिङ नामक निजी कम्पनीलाई ४० वर्षका लागि दिने निर्णय गरेको हो। यो निर्णय भने पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीको नेतृत्वको पालामा भएको थियो। निवर्तमान मेयर जिसीको ४७ औँ कार्यपालिका बैठकमा पातले छाँगोलगायत केही घाट ३५ देखि ४० वर्षसम्मका लागि भाडामा दिने निर्णय भएको थियो।
विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।
महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय हस्तकलाका सामान सुपथ मूल्यमा बिक्री गर्ने गरी बुटवलमा नयाँ कोसेली घर सञ्चालनमा आएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको भवनमा सञ्चालन गरिएको कोसेली घरमा स्थानीय हस्तकलाका सामानहरू बिक्रीका लागि राखिएको हो । कोसेली घर सञ्चालनका लागि स्थान तथा त्यसको व्यवस्थापन उद्योग वाणिज्य सङ्घले गरेको छ भने सञ्चालनको जिम्मेवारी स्थानीय उद्यमी निर्जला थापाले लिनुभएको छ ।