संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ ।
विश्व पर्यटन दिवस सर्न्दभमा नै एकै पटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् । नेपालका धार्मिक तीर्थस्थलमा दर्शनका लागि एकैपटक ७२३ भारतीय धार्मिक पर्यटकहरू नेपाल आएका हुन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक जाने सडक पहिरोले अवरुद्ध बनाएको छ । बुधबार राति वर्षासँगै लिङ्खिमको सिँवा–तावा खण्डमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
नेकपा (एकीकृत समाजवादी) को १५ दिने समाजवादी जागरण अभियान २०८० कार्यतालिका सार्वजनिक भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाँदै हुनुहुन्छ । नेपाली तराई सङ्घ अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव अमेरिका जान लाग्नुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबैको साझा प्रयासबाट मात्र विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।
सप्तकोशी नदीमा माछा मारेर पुस्तौँदेखि जीविका चलाउँदै आएका मलाह (गुडी) हरुको पेसा सङ्कटमा पर्न थालेको छ । कोशी नदीमा माछा पाउन छाडेपछि मलाहहरुको पेसा सङ्कटमा पर्दै गएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको निन्दा गर्नुभएको छ ।
इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँमा विभिन्न देशका जनप्रतिनिधि आउनुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आउनुभएका अतिथिहरूलाई स्वागत गर्नुभएको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा २ जनता माध्यमिक विद्यालय पीपराका विज्ञान विषयका संयोजक डा. रोमनाथ बराल हुनुहुन्छ ।
१९औँ एसियाड अन्तर्गत बिहीबार भएको बक्सिङ खेलमा नेपालका रबिन थापा पराजित हुनुभएको छ ।
पुतलीबजार नगरपालिका–१ मा स्याङ्जा साहित्य प्रतिष्ठानले लोकसाहित्य विमर्श, पुस्तक विमोचन, स्रष्टा सम्मान गरेको छ ।