मरिण गाउँपालिका–२ सिन्दुरेदोभान निवासी नरबहादुर अस्थानीलाई घरमा राष्ट्रिय विद्युत प्रसारण लाइनको बिजुली बाल्ने धोको बल्ल पूरा भएको छ । वर्षाैंदेखि टुकी बत्तीको सहाराले अँध्यारो भगाउँदै आउनुभएका अस्थानीको घर दुई दिनदेखि राष्ट्रिय विद्युत् प्रसारणको बिजुलीले झिलिमिली बनेको छ ।
नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताउनुभएको छ ।
तीन तहका सरकारको प्राथमिकतामा पूर्वाधार विकास निर्माणका योजना धमाधम अगाडि सारिएको छ । तर सरकारले आवश्यकता र प्राथमिकीकरण गर्न नसक्दा योजनाको कार्यान्वयन निकै कमजोर छ ।
बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ ।
सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।
पाल्पामा बसोबास गर्ने मानिसमा पहिलो पटक मलेरियाको पुष्टि भएको छ । जिल्लाको पूर्वखोला–३, का १५ वर्षीय किशोरलाई मलेरिया पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित हुनुभएको छ ।
विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो ।
पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।
दोलखाको सिंगटी बजारबाट चार किलो सुनसहित पक्राउ परेका तीन जनाको परिचय खुलेको छ ।
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवालको निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित उहाँको आज (बिहीबार) बिहान निधन भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राकाे अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँडेर जाने तयारीमा हुनुहुन्छ ।
नेकपा (एमाले) को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उहाँको ठम्याइ छ ।
राष्ट्रिय सभाका सदस्य तथा नेपाल आदिवासी जनजाति महासङ्घका संस्थापक महासचिव सुरेश आले मगरले आदिवासी जनजातिले आफ्नो अधिकारका लागि निरन्तर लागि रहनु पर्ने बताएका छन् ।