इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले शुभकामना दिनुभएको छ । उहाँले नेवार समुदाय लगायत समस्त नेपालीहरूलाई सुख, शान्ति र समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना दिनुभएको छ ।
अहिले रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली एयरपोर्टबाट सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणका लागि उडान भइरहेको छ । असोजको पहिलो सातादेखि मङ्सिर दोस्रो सातासम्म यहाँबाट लुक्ला उडान हुने छ ।
थारु कल्याणकारिणी सभा चितवनले १३ औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा ९पितृऔँशी०, फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरिएको हो ।
म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो ।
गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनका लागि क्युआर कोड सेवा सुरु गरेको छ । प्रहरी सङ्गठनभित्र र आमसर्वसाधारणले खबरका लागि क्युआर कोड सुविधा उपयोग गर्न सक्ने छन् ।
धार्मिक एवं प्राकृतिक सम्पदाको धनी बर्दीबासमा पर्यटन प्रवर्धनका लागि संस्थागत प्रयास हुन थालेको छ । विश्व पर्यटन दिवसका अवसरमा बर्दीबास होटल तथा पर्यटन व्यवसायी सङ्घ नगर क्षेत्रमा रहेका धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण, संवर्धन र प्रचारप्रसारमा जुटेको छ ।
दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
काठमाडौँ विश्वविद्यालय (केयु) ले मानसिक स्वास्थ्य केन्द्र (मानसिक अस्पताल) सञ्चालन गर्ने तयारी गरेको छ । आगामी पुस महिनादेखि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९, शारदा बतासेमा मानसिक अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको हो ।
ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक हिसाबले महत्त्वपूर्ण दैलेखको एकीकृत पर्यटन प्रवर्धनको खासै योजना बन्न सकेको छैन। दैलेखमा नेपाली भाषाको पहिलो शिलालेख, कोतगढी, पञ्चदेवल, पानीमाथि आगो बल्ने ज्वाला र कला एवं सा.स्कृतिक महत्त्वका अनगन्ती सम्पदा छन्। तथापि तिनको संरक्षण र पर्यटकीय आकर्षणका रूपमा समेत संरक्षण गर्न सकिएको छैन। दैलेखमा वार्षिक कति पर्यटक भित्रिन्छन् भन्ने यकिन तथ्याङ्कसमेत कुनै पालिका र जिल्लामा छैन। तथापि पछिल्ला वर्षमा दैलेखमा पर्यटकीय स्थलको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएको देखिन्छ। स्थानीय सरकारले पर्यटकीय स्थलको संरक्षण, प्रचारप्रसारसँगै अवलोकनमा आएका पर्यटकको तथ्याङ्क सुरक्षित राखेको समेत पाइन्न।
ज्ञानको ज्योति दिने गुरु देवतुल्य छन् भन्ने हाम्रो शिक्षा परम्परा हो तर क्रमशः आधुनिक शिक्षा प्रणालीमा अन्यत्र शिक्षकको जति सुनुवाइ, सम्मान, प्रतिष्ठा रहे पनि नेपालमा उनीहरू राज्यको विभेदमा परेका छन् । बालबालिकालाई शिक्षा दिने शिक्षकको भूमिका सामाजिक चेतना विस्तार एवं नेपालको राजनीतिक परिवर्तनमा समेत गहन छ तर पञ्चायती निरङ्कुशताको समयमा मात्र होइन, उनीहरूकै बलमा प्राप्त प्रजातान्त्रिक व्यवस्थामा पनि सत्ताको विभेदमा परिरहेका छन् शिक्षक
तपाईं र तिमी जस्ता आदरार्थी प्रयोगमा आधुनिक व्याकरणकारको समाजपरक दृष्टिकोण छ । उनीहरू समाजमा प्रचलित कथ्य निकटको औपचारिक र मानक अर्थात् भाषा सामान्यका सामग्रीको वर्णन, विश्लेषण गरी दृष्टिकोण तय गर्छन् । भाषा विज्ञानले झैँ भाषाविशेषका सामग्रीसहित विश्लेषण गर्दैनन् । राजनीतिक नेताहरू सामन्ती र पुँजीवादी समाजमा भाषालाई पनि परिवर्तनका दृष्टिकोणले अथ्र्याउँछन् । पत्रकारहरू भाषामार्फत जनतालाई तथ्य सुसूचित गर्दै र विचार निर्माण गराउँदै समाज परिवर्तनको आकाङ्क्षा राख्छन् ।
तान्जानियाले धानखेत नष्ट हुन नदिन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी लाखौँ क्वेलिया (रातो चुच्चो भएको भँगेराजस्तै देखिने ठूलो समूहमा घुम्ने पङ्क्षी) चरा मारेको तान्जानियाका बोटबिरुवा र कीटनाशक औषधि निगरानी निकायले बुधबार जनाएको छ ।
नेपालमा दिनदहाडै आमनागरिक कुनै न कुनै किसिमबाट ठगिँदै आइरहेका छन् । कानुन भएर पनि कार्यान्वयन पक्ष फितलो हुँदा जुनसुकै क्षेत्रमा विकृति, विसङ्गति र जताततै अन्योल सिर्जना भई ठगी, लुटपाटलगायतका अपराध दिनदहाडै भइरहेका छन् । ठगी र लुटपाटका घटना दिनहुँजसो भइरहँदा सरकारको सम्बन्धित निकायले त्यति चासो दिएको होइन कि भन्ने आभास हुन थालेको छ ।
गरिबी नेपालको मात्र समस्या नभएर यो विश्वकै ठुलो डरलाग्दो समस्याका रूपमा आएको छ । विश्वमै गरिब मानिसहरू बाँच्नका लागि युद्ध झैँ लडिरहेका छन् । गरिबीलाई धेरै प्रकारले विश्लेषण र परिभाषित गर्ने गरिएको पाइन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले मानव विकासको गुणस्तरीय जीवनका लागि प्रतिव्यक्ति आय कम हुनु, साक्षरता र शिक्षाको अवस्था सन्तोषजनक नहुनु, औसत आयु न्यून भएको अवस्थालाई गरिबीका रूपमा परिभाषित गरेको छ । महान् राजनेता नेल्सन मन्डेलाले एक प्रसङ्गमा भनेका थिए, “गरिबी प्राकृतिक नभई दासता र रङ्गभेद जस्तै मानव व्यवहारको उपज हो र मानवीय प्रयत्नबाटै