कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पमरिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुुधबार सो विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्धको खतरा बढेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पाकिस्तानभरका पत्रकारले एआरवाई न्यूजका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गर्दै उहाँको तत्काल रिहाइको माग गरेका छन् । उहाँलाई बुधबार यहाँबाट पक्राउ गरिएको हो । सादा पोशाकमा प्रहरी अधिकारीहरू उहाँको घरमा जबरजस्ती प्रवेश गरेका थिए ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्कनुभएको छ । भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको उहाँले बताउनुभयो ।
बझाङको बुंगल नगरपालिका –९ रारुमा एकै परिवारका तीन जनाको गएराति शंकास्पद मृत्यु भएको छ । एकै परिवारका २३ बर्षीय गीता पार्की, छोरी ५ बर्षीया भुमिका पार्की र छोरा ३ बर्षे महेश पार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अबस्थीले बताउनुभयो ।
वीरगञ्जमा कार्यालय सहयोगीमाथि भएको कुटपिटका सम्बन्धमा नेपाल निजामति कर्मचारी संगठनको ध्यानाकर्षण भएको जनाएको छ । सोमबार राति नेपाल–भारतबीचको सीमानाका कार्यालय सहयोगी बमबहादुर बिशंखेमाथि कुटपिट भएको थियो ।
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
दुइटै मिर्गौला फेल भई दुई महिना अघि डाकनेश्वरी –१ का २४ वर्षिय अनवरको मृत्यु भयो । उहाँको मृत्युपछि २२ वर्षको कलिलो उमेरमै एकल हुन पुग्नुभएकी रुपनी –५ कि ऐसा खातुन अनवरको परिवारका सदस्यबाटै कुटपिटपछि घर निकालामा पर्नुभयो ।
पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीनजना सङ्क्रमितको मृत्यु भएको छ । असार अन्तिम सातादेखि कोरोना सङ्क्रमणदर निरन्तर उकालो लाग्दै गएको छ । साउन १ गते चार प्रतिशतको हारहारीमा भएको सङ्क्रमणदर बढेर झण्डै १३ प्रतिशतमा पुगेको छ ।
वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैं अगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दसैंअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । विद्युतीय गाडी सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै गाडी सञ्चालनको आशा पलाएको छ ।
सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ ।
काठमाडौं, साउन २५ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवबीच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी रोकथाम, खोपलगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य सङ्गठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयोग प्राप्त हुनेछ भन्नेमा विश्वस्त छु ।’ उहाँले पश्चिम नेपालमा कुपोषण प्रमुख समस्या रहेको भन्दै यस विषयमा पनि पहल गर्न विश्व स्वास्थ्य सङ्गठनलाई आग्रह गर्नुभयो । डा. पाण्डवले नेपालको स्वास्थ्य क्षेत्रमा आफूहरुले सदैव कटिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना रोकथाम, नेपालका प्रमुख रोगहरुको रोकथाममा हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेका छौँ। नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न के गर्न सकिन्छ ? समन्वय गरेर अघि बढौं ।’ उहाँले विश्व स्वास्थ्य सङ्गठनको कन्ट्री कोअप्रेसनल स्ट्रयाटेजी अनुसार सहयोग गरिने बताउनुभयो । सो क्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपालका डा.विनोद गुप्ताको पनि उपस्थित थियो ।
दाङमा छोरीको प्रेमीलाई घरमा बोलाएर एक जना शिक्षकले निर्घात कुटपिट गरेका छन् । विद्यार्थी कुट्ने छोरीका बुवा पाटेश्वर यादव लगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कविराज घिमिर धनकुटा, साउन २५ गते । बजारमा म्याद गुज्रेका खाद्य सामाग्री रहेको, मूल्यवृद्धि गरेको गुनासोको आधारमा धनकुटामा बजार अनुगमन गरिएको छ । बुधबार केही होटल, मिनी मार्केट, किराना पसल, डिलरको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय, धनकुटाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य सङ्घ, धनकुटाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्यवस्तु नष्ट गरिएको छ भने मूल्य सूचि अनिवार्य टाँस गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रशासकीय अधिकृत अंकित मग्रान्तीले बताउनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्यवस्तु विक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरेकामाथि कडाइ सुरु गरेको जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका डा. बच्चुराम कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।