पाल्पा जिल्ला सदरमुकाम तानसेनमा वर्षौँदेखि खानेपानी समस्या भोग्दैआएका तानसेनबासी पानीको सहजता हुन थालेपछि खुसी भएका छन् । नयाँ समिति गठन भएसँगै पानी वितरण सहज हुँदा स्थानीय उपभोक्ता खुसी भएका हुन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले भएको बताउनुभएको छ ।
ग्रान्डमास्टर दिवाकार महर्जनले यस हप्ता आठौँ डान हासिल गर्नुभएको छ । विश्व तेक्वान्दोको केन्द्रीय कार्यालय कुकिवनबाट महर्जनले आठौँ डनको परीक्षा उत्तीर्ण गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताउनुभएको छ ।
जैविक विविधता संरक्षण, माछापालन र सिँचाइ सुविधाका लागि निर्माण गरिएका जलाशय पछिल्लो समय पर्यापर्यटनको केन्द्र बन्न थालेका छन् ।
नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्नेगरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार काठमाडौँमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
लागू औषध नियन्त्रण ब्युरो तथा शाखा कार्यालयबाट लागू औषधसहित छ जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागू औषध चरेस ३६ किलो ७१० ग्राम, खैरो हेरोइन १७६.७८० ग्राम र ट्रामाडोल २४,७५० ट्याब्लेटसहित उनीहरू पक्राउ परेका छन् ।
झापाको दमक नगरपालिकाले भारतबाट ल्याएका मरेका माछा र प्रतिबन्धित माहुर जातका माछा बिक्री वितरणमा कडाइ गरेको छ । यसैक्रममा इलाका प्रहरी कार्यालय दमक र नगर प्रहरीको टोलीले मंगलबार करिब दुई टन माछा बरामद गरेर नष्ट गरेको छ ।
गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ ।
दसैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरूले सरकारलाई सजग र सचेत रहन सुझाव दिनुभएको छ ।
कैलालीको जोशीपुर गाउँपालिकाले भोलि पालिकाभरी स्थानीय बिदा दिएको छ । सो क्षेत्रमा मनाइने चतुर्दशी (अनन्त) पर्वको अवसरमा गाउँपालिकाको कार्यालयले एक दिन स्थानीय बिदा दिएको हो ।
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको सबै ठाउँमा पूर्ण विद्युतीकरण गर्नेगरी सरकारले तीव्र गतिमा काम गरिरहेको बताउनुभएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज (बुधबार) राजीनामा दिनुभएको हो ।