आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ ।
नेकपा (एमाले) का सचिव पदमा अर्यालले कानुनमन्त्रीले परीक्षामा असफल भएकालाई न्यायाधीश बनाएकोभन्दै आलोचना गर्नुभएको छ ।
नेकपा (एमाले) बागमती प्रदेशको काठमाडौँमा जारी अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको सडक अवलोकन गर्नुभएको छ ।
चीनमा जारी एसियाड अन्तर्गत जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ । मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मङ्गलवार नै सकिएको थियो ।
पर्यटन वर्षको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा गैँडा पुष्पा र अञ्जलीलाई बुधबार कोशी टप्पु वन्यजन्तु आरक्षमा क्षेत्रलाई हस्तान्तरण गरिएको छ ।
भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ ।
दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् ।
प्रहरीले विराटनगर–१८ लाभाघाटबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिइएको छ । मङ्गलबार राति १० बजे इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले को १ च ४६१९ नम्बरको एम्बुलेन्समा गाँजा लैजाँदै गरेको अवस्थामा चालकलाई पक्राउ गरेको हो ।
कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा बजार अनुगमन गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई सार्वजनिक बिदा दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठ्ठा बिल भरपाई एवम् झुठ्ठा कागजात पेस गरी भ्रष्टाचार गरेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले प्रधानमन्त्री विशेर खसावनेहको सरकारमा भएको फेरबदललाई अनुमोदन गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको टिप्पणी गर्नुभएको छ ।