नवलपुरको कावासोती नगरपालिकामा ४४ औँ विश्व पर्यटन दिवस, ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ प्रभातफेरी गरिएको छ ।
चीनमा जारी एसियाड अन्तर्गत तेक्वान्दोमा कमजोर प्रदर्शन गरिरहेको नेपालको हारको क्रम रोकिएको छैन ।
प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
चिकित्सकमाथि बारमबार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार निर्मूल गर्न आह्वान गर्नुभएको छ । उहाँले आणविक हतियारको पूर्ण उन्मुलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनुभयो ।
केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको रुपमा प्रयोग गर्न छाडेपछि किसानले पनि खेती गर्न छाड्दा लोप हुने अबस्थामा पुगेको हो ।
पदकको आशा गरिएकी युवा मुक्केबाज सुष्मा तामाङ र अनुभवी खेलाडी भूपेन्द्र थापा बुधबार आआफ्नो खेलमा पराजित हुनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ ।
म्याग्दीको मालिका गाउँपालिका –४, महभिरस्थित ओडारबोटमा पहिरोले दुई घर पुरिएको छ । बुधबार विहान २ बजे वस्तीमाथिको सिद्धथान भिरबाट खसेको पहिरोले ओडारबोटका स्थानीय काले कामी र रबिलाल घर्तीको घर पुरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा यहाँ पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्नुभयो ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो ।
चीनमा जारी १९औँ एसियाड अन्तर्गत पौडीमा डुआना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिनुभएको छ । बुधबार महिला एक सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा हिट ‘एक’बाट प्रतिस्पर्धा गर्नुभएकी डुआना आफ्नो हिटमा सातौँ हुनुभयो ।