सूचना प्रविधिको उपयोगमार्फत अर्थतन्त्रको उत्थान हुने गरी सार्वजनिक सेवा प्रवाहमा व्यापक सुधार गर्न जरुरी रहेको सरोकारवालाले औँल्याएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले सोमबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले नवीनतम प्रविधिको उपयोग विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था, बजेट र जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिन आवश्यक रहेको औँल्याउनुभएको हो ।
चौरजहारी नगरपालिका–३ को पुरानो सिँचाइ नहर भत्किएको छ। चौरजहारी टार सिँचाइ कार्यालयअन्तर्गत चौरजहारी नगरपालिका–३ देखि वडा नम्बर १ जाने पुरानो नहर भत्किएको हो। चौरजहारी टार सिँचाइ कार्यालयका अध्यक्ष अर्जुन कुमालका अनुसार नहरमा क्षमताभन्दा बढी पानी पठाइँदा निकास साँघुरो भएर भत्किएको हो। शनिबार दिउँसो परेको पानी र पोखरीको पानीसमेत नहरमा पठाइएको थियो। वडाको घारीपाखा–विजयश्वरी सडक निर्माणका क्रममा नहरको निकास बन्द भएको थियो। सोही कारण नहरको क्षमताभन्दा बढी पानी जम्मा हुँदा नहर भत्किएको अध्यक्ष कुमालले बताउनुभयो। सडक निर्माणको क्रममा पुरिएको नहरको माटो हटाइएको छैन।
पहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट तथा नेपालपट्टिका तिब्बती बजारसम्म जानु सामान्य नै थियो । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोशी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लो तटीय क्षेत्र नुन व्यापारका मुख्य नाका थिए ।
विश्वकै दुर्लभ वन्यजन्तु रेड पान्डाको चोरी सिकार नियन्त्रणका लागि बारेकोट गाउँपालिकाका सामुदायिक जङ्गलमा क्यामरा जडान गरिने भएको छ। डाँफे युवा क्लबद्वारा सञ्चालित रेड पान्डा नेटवर्क र बारेकोट गाउँपालिकाको साझेदारीमा नजिकका जङ्गल क्षेत्रमा क्यामरा जडान गर्न लागिएको हो। विश्वमै दुर्लभ मानिएका रेड पान्डा, चिर कालिज, सुनगिद्ध, कस्तुरीलगायत जीवजन्तु बारेकोटका सामुदायिक जङ्गलमा पाइन्छ। रेड पान्डा नेटवर्कका जिल्ला कार्यक्रम संयोजक भुपलाल केसीले चोरी सिकार नियन्त्रण गरी रेड पान्डाको संरक्षणमा टेवा पु¥याउने उद्देश्यसहित क्यामरा जडान गर्न लागिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो वर्षभित्रै बारेकोटका विभिन्न जङ्गलमा क्यामरा जडान गर्ने योजना बनाएका छौँ। चोरी सिकार रोक्न क्यामरा जडान गरिनेछ।”
हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियानले कैलालीमा यस वर्ष लक्ष्य हासिल गरेको छ। कैलालीमा १० वर्षसम्म यो अभियान व्यर्थ भएको थियो। २० दिनसम्म अभियान सञ्चालन गरेर लक्ष्य पूरा गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीका अनुसार यस पटक ८० प्रतिशतलाई आमऔषधि खुवाउने लक्ष्य रहेको थियो तर लक्ष्यभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सफलता प्राप्त भएको छ। उहाँले भन्नुभयो, “तोकिएको लक्ष्य हामी ११औँ अभियानमा हासिल गर्न सफल भएका छौँ। जिल्लाभरि लक्ष्यभन्दा बढीले आमऔषधि खाएका छन्।”
दाङको लमही नगरपालिका– ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्किएको स्थानमा नयाँ पुल बन्न नसकेपछि सर्वसाधारण समस्यामा परेका छन्। हुलाकी सडक आयोजना कार्यालयमार्फत पक्की पुल बनाउने योजना रहेकोमा जिम्मेवार निर्माण कम्पनीले पुलको खम्बासम्म खडा गर्न नसकेकाले पुल निर्माणमा समस्या देखिएको हो।
शाक्य गणराज्यको राजधानी प्राचीन तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि मनोनयन दस्तावेज तयार पार्न विज्ञहरूसँग छलफल गरिएको छ। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका विज्ञहरूसँग कार्यशाला गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि दस्तावेज तयार पार्ने कामलाई तीव्रता दिएको हो।
चराहरूसँग अन्तरसंवाद ती चराहरू जो कावा खाँदै उडिरहेका थिए
वयस्क सालको रुख। हलक्कै बढेको छ तर फेदमा गाँठागुठी भएर मानिसको भुँडी उठेजस्तो फुडुल्को देखिन्छ। त्यही गाँठागुठीलाई ‘क्याङ्कर’ भनेर चिनिन्छ। बिरुवा हुर्कंदै जाने क्रममा डाँठमा सङ्क्रमण हुँदा ‘क्याङ्कर’ हुन्छ। तराईका वन क्षेत्रमा मानवीय असरका कारण क्याङ्कर हुँदा आर्थिक ह्रास मात्र होइन, वन व्यवस्थापन प्रभावित बनेको छ।
अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो ।
स्याङ्जामा १० वर्षमाथिका झन्डै ३४ प्रतिशत नागरिक आर्थिक गतिविधि तथा कामकारबाहीमा निष्क्रिय रहेको पाइएको छ। आर्थिक काममा संलग्न रहन सक्ने जनसङ्ख्याको ३३ दशमलव ४ प्रतिशत नागरिक आर्थिक रूपमा निष्क्रिय अथवा बेरोजगार रहेको २०७८ सालको जनगणनाको तथ्याङ्कमा उल्लेख छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा तनहुँबाट करिब छ हजार विद्यार्थी सहभागी हुने भएका छन्। यही चैत १७ देखि २९ गतेसम्म हुने उक्त परीक्षामा पाँच हजार ७६६ विद्यार्थी सहभागी हुने जनाइएको छ। नियमिततर्फ पाँच हजार ५३६, ग्रेड वृद्धिमा ७७ र प्राविधिक धारका १५३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ। जिल्लामा २६ वटा एसईई परीक्षा केन्द्र तोकिएको समन्वय एकाइका प्रमुख वसन्तराज पौडेलले बताउनुभयो।
बस्थ्यौँ रम्मिँदै अहा प्रियतमा ! स्वर्गै थियो झोपडी । उम्दा सुन्दर स्वच्छ वायुजलले, ताजा थिए खोपडी ।।
महालक्ष्मी विकास बैङ्कले सुदूरपश्चिमका सातवटा जिल्लाका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि सञ्चालित योजनालाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै विश्वमा विरलै देखिने कार्य नेपालमा देख्न, सुन्न र भोग्न पाइन्छ। कुनै पनि दातालाई हारगुहार गरेर अनुदानमा सडक बनाइन्छ। वास्तवमा निर्माणसम्पन्न गर्नु विकासको आकाङ्क्षा पूरा गर्नु हो। सडक निर्माण गर्नुपर्छ तर सोही सडक केही समयपछि अर्को पक्षबाट ऋण लिएर मर्मत गरिन्छ। त्यो पनि निर्माण तथा डिजाइनमा कमजोरी भएको भन्दै ऋण सहयोग लिएर मर्मत थालिएको छ। सिधा अर्थमा भन्नुपर्दा यसलाई विकास प्रक्रियामा विडम्बनाको एक प्रखर नमुनाका रूपमा लिनुपर्दछ। सम्भवतः विश्वका कुनै मुलुकको विकास प्रक्रियामा यस प्रकारको विडम्बनायुक्त निर्माण विरलै देख्न पाइन्छ।