नेपाल निजामती कर्मचारी सङ्गठनले योग्यता पुगेका अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्युठान आउनुहुने भएको छ । नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली प्युठान आउन लाग्नुभएको हो ।
ताप्लेजुङस्थित भूपू बेलायती आर्मी स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सर्लाही सदरमुकाम मलङ्गवाको अवस्था सामान्य बनेको छ । मङ्गलबार बजारका अधिकांश पसल खुलेका छन् । यातायात सुचारु भएपछि मानिसको आउजाउ बाक्लिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि पाटेबाघले आतङ्क मच्चाएको छ ।
चामलको बोरामा लुकाएर झापाबाट काठमाडौँ पठाउन लागेको झण्डै १० ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।
इन्द्रजात्रा अवलोकनका लागि चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आउनुभएको छ ।
चन्द्रपुर नगरपालिकामा रहेको आधारभूत तहका अधिकांश सामुदायिक विद्यालय भौतिक पूर्वाधारको अभावमा सञ्चालित छन् ।
काठमाडौँ महानगरपालिकाले ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सबै वडामा अनुरोध गरेको छ ।
चीनको औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम सहर छोङछिङमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन जियाजुनले छोङछिङ सहरमा भेटवार्ता गर्नुभएको छ ।
चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथाशक्य चाँडो शिखर वार्ता हुनेभएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो ।
यहाँका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेसन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो ।
चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा किसान मार्टलाई एक लाख रुपियाँ जरिवाना गरेको जनाएको छ ।