नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) मा स्थापनाको ५७ वर्षको अवधिमा ५० हजार बढी प्रहरी कर्मचारीले विभिन्न प्रकारका तालिम प्राप्त गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासका लागि ठोस् कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने अवस्था रहेको बताउनुभएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
बाँके जिल्लामा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताउनुभएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरद्सिंह भण्डारीले संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको बताउनुभएको छ ।
बर्सेनि मनाङका किसानले पालेका याकचौंरीका बाच्छाबाच्छी हिउँ चितुवाको आक्रमण पर्ने गरेका छन् । हिउँ चितुवाको आक्रमण बढ्दै गएपछि याकचौरीका बाच्छाबाच्छी संरक्षणलाई प्राथमिकता दिइएको छ ।
सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत उक्त आयोजनाले विद्यालयको सुविधासम्पन्न भवन निर्माणमा सहयोग प¥याएको हो । निर्माणाधिन भवन शिलान्यास गर्दै नगरप्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।
ताप्लेजुङमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिका–५ बैङ्क लाइनस्थित आफन्तकहाँ बस्दै आएका सात वर्षीय बालक अंकित लिम्बूको छतबाट खसेर मृत्यु भएको हो ।
जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ रु धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् ।
नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विस्फाेट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला यो घटना भएको हो ।
चिकित्सकमाथि कुटपिट गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। आफूहरूमाथि शृङ्खलाबद्ध आक्रमण हुन थालेको भन्दै सुरक्षाको माग राख्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ स्यो छेवाङ दोर्जे वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिएको छ ।
जात्राको पहिलो दिन आज नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५ सोह्र फिट अग्ला लिङ्गा ठडाएर जात्रा सुरु गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन स्थानीयवासीमा यम्बद्यः अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहास्वििद एवं संस्कृतिविद् प्रा।डा। पुरुषोत्तम लोचन श्रेष्ठ जानकारी दिनुहुन्छ ।