कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइलीले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औँ 'फ्लोरा एक्स्पो' गर्ने भएको छ।
ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस सहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।
गरिबीका कारण विगत आठ वर्षदेखि प्लाष्टिकको छाप्रोमा बस्दै आउनुभएका सत्रुधन सदाको घर बन्ने भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ ।
यो वर्ष पाल्पाबाट चार हजार ५४६ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने भएका छन् ।
प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथीमा बढुवा हुनुभएका प्राविधिक सहायक रथी डा. अरुण शर्मालाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।
आयोजक ललितपुर मेयर्स–११ मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
पछिल्लो समय नेपालमा मुटु रोगीको सङ्ख्या निकै अस्वभाविक रुपमा बढ्दै गएको छ । पहिले दुई/तीनजना बिरामी आउने गरेकामा अहिले ३०/४० जना आउने गर्दछन् ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गर्नुहुने भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको थियो ।
सुपर स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले युरोकप छनोट खेलमा लक्जेमवर्गमाथि सानदार जित निकालेको छ ।
नेपाल बङ्गलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा रुससँग पराजित भएको छ ।
हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौं ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो ।
म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।