कपिलवस्तुको तौलिहवामा सम्पन्न डीबी मेमोरियल खुला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि रोहित बराल र अभय महराले जित्नुभएको छ ।
नेकपा (एमाले) का नेता एवम् प्रतिनिधि सभा सदस्य रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् मात्रै भएको बताउनुभएको छ।
कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशनमा बनेको फिल्म ‘जारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत तथा स्वर छ ।
अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोले ब्राजिललाई पहिलो पटक पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोले पाँच पटकको फिफा विश्वकप च्याम्पियन ब्राजिललाई २–१ गोलले हरायो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सवारीको सट्टा भ्रमण शब्द प्रयोग गर्नु राम्रो हुने बताउनुभएको छ । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल गोरखाको गोरखनाथ र गोरखकाली मन्दिरमा दर्शनका लागि आउनु भएका उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दललाई आग्रह गर्नुभएको छ।
वरिष्ठ साहित्यिक पत्रकार तथा कवि भवानी घिमिरेको सम्झनामा स्थापना गरिएको भानु कस्तुरा सङ्घर्षशील नारी पुरस्कार साहित्यकार गङ्गा पौडेललाई प्रदान गरिएको छ।
लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ।
जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्बुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाउनु भएको छ।
नेपाल कराते महासङ्घको अध्यक्षमा युवराज लामा निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनमा आइतबार भएको महाधिवेशनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव एवम् करातेका संस्थापक मध्येका एक लामालाई पुनः करातेको नेतृत्वमा निर्वाचित गरेको हो ।
प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध रुपमा चुनिनुभएको छ ।
अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन्’ सार्वजनिक भएको छ । गीतमा नरेन, सुरक्षा र बिराज विष्टबीचको त्रिकोणात्मक प्रेमलाई देख्न सकिन्छ ।
गत शुक्रबार साँझ पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा भएको भीषण विष्फोटमा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा शून्य समयमा प्रतिनिधि सभाका सदस्यले धारणाराख्नेक्रम जारी छ ।