बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा सोमबार बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको हत्या गरिएको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। दोस्रो संविधान सभा निर्वाचन प्रयोजनका लागि गठित गैरदलीय सरकारमा मन्त्री रहनुभएका श्रेष्ठलाई विशेष अदालतले सोमबार भ्रष्टाचारी ठहर गरेको हो। न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले श्रेष्ठलाई भ्रष्टाचारमा कसुर ठहर गर्दै कैद तथा जरिबानाको फैसला गरेको हो।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
पशुपति प्रसाद २ भस्मे डनको दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक भएको छ । सार्वजनिक चलचित्रको गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । दुई पात्रबिचको मायाप्रेमलाई गीतमा देखाइएको छ । रमाइलो शैलीमा तयार पारिएको गीतको छायाङ्कन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरी काम सुरु गरेको छ । पछिल्ला केही दिनयता बजारमा चिनीको भाउ अत्यधिक वृद्धि भएपछि विभागले चिनीको मूल्य अध्ययनका लागि समिति गठन गरेर काम सुरु गरेको हो ।
राष्ट्रिय सभाका सदस्यले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० लाई सबैले अपनत्व लिने गरी बनाउन जोड दिनुभएको छ । उहाँहरूले विधेयकमा आफूले देखेको त्रुटिबारे सुझाव दिन सम्बन्धित सरोकारवालालाई आग्रह गर्नुभयो । राष्ट्रिय सभाको दिगो विकास र सुशासन समितिले आयोजना गरेको छलफलमा समितिका सभापति प्रकाश पन्तले संसद्मा दर्ता भएको विधयेक सम्बन्धमा आफूलाई लागेको विषयमा अनलाइन वा पत्राचारकै माध्यमले सुझाव दिन अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “संसद् सचिवालयले यसरी विभिन्न माध्यमबाट आएको सुझावलाई समितिमा छलफलका लागि प्रस्तुत गर्ने छ ।”
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको नीति महाधिवेशनको काम पनि महासमिति बैठकले गर्ने गरी आगामी मंसिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
१९औं एसियाली खेलकुद (एसियाड)को महिला फुटबलमा नेपाल समूह चरणबाट बाहिरिएको छ । समूह डी अन्तर्गत सोमबार भएको खेलमा नेपाल पूर्व विश्वकप विजेता जापानसँग ८–० गोलको हार खेपेपछि बाहिरिएको हो ।
बैकिङ कसूर मुद्दामा कैद जरिवाना तोकिई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार तीन दिन कैद, सात लाख ७७ हजार ८९० रुपियाँ बिगो जरिवाना र क्षतिपुर्ति बापत पीडितलाई ३१ हजार हजार ११५ रुपियाँ जम्मा गराउने ठहर भएको प्रतिवादी बागलुङका ५४ वर्षीय भिमनाथ उपाध्याय पक्राउ परेका छन् ।
बजार अनुगमन समिति कास्कीले पोखरामा बजार अनुमनलाई निरन्तरता दिएको छ । सोमबार समितिले पोखरा ७ मा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख जरिवाना गरेको छ ।
गुल्मीमा चौथो पुलचोक कप सञ्चालन हुनेभएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित पुलचोक स्पोर्टस क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्रा फुटबल प्रतियोगिता हुनेभएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा २ मा रहेको दर्पण कृषि सहकारी संस्थाले गाउँमै उत्पादन भएको तोरीलाई गाउँमै खपत गर्न सुरु गरेको छ । सहकारी संस्थाले तेल उत्पादनका लागि मिल र तेल प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो ।
पाल्पामा थप एक जनाको डेङ्गी सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी –१, चिदीपानीका ३५ वर्षका युवक रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
नेपालका भाषा, कला, संस्कृतिको सम्बर्धन र प्रवर्धनमा १११ वर्ष सेवा गरेको साझा प्रकाशनले दुई हप्ते विशेष पुस्तक प्रदर्शनी सुरु गरेको छ ।
बुटवलमा सोमबारदेखि कोसेली घर सञ्चालनमा आएको छ । उद्योग बाणिज्य संघको हलमा महिला उद्यमीले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरु सुपथ मुल्यमा बिक्री वितरण गर्नेगरी कोशेली घर सञ्चालनमा ल्याइएको हो ।