नेपाल विषम प्रकारको हावापानी भएको मुलुक हो । सानो मुलुक भए पनि विविध प्रकारको हावापानी भएको हुनाले सम्भावनाका हिसाबले कृषिबाटै पनि नेपाल धनी मुलुक बन्न सक्छ । नेपालमा कृषि क्षेत्रको उत्थानका लागि केही प्रयत्न गरिए पनि यसले पूर्णता प्राप्त गर्न सकेको छैन । जसका कारण कृषिप्रधान देश भएरै पनि केवल खाद्यान्नकै लागि बर्सेनि अर्बौं रुपियाँ बाहिरिन थालेको छ ।
कुनै पनि विकसित देशलाई अध्ययन गर्ने हो भने उनीहरूको विकासमा राजनीतिक विचारधारात्मक र आर्थिक मोडेल आ–आफ्नो ठाउँमा स्थापित गरेर कार्यान्वयन गरेको पाइन्छ । यसमा चाहे त्यो राजतन्त्रात्मक होस्, प्रजातन्त्रवादी वा पुँजीवादी र समाजवादी होस्, आआफ्ना अभ्यास भएका छन् । सबैमा के देखा पर्यो भने विकासका लागि त्रिगुण चाहना, क्षमता र तत्परता भएको राजनेताबाट सम्भव भएको नै देखिन्छ । यसका लागि इमानदारी र नैतिकताको पनि आवश्यकता छ । तब मात्र देशले फड्को मारेको छ । उदाहरणका लागि दक्षिण अफ्रिकाका नेल्सन मन्डेला, कोरियाका पार्क चुँगही, सिङ्गापुरका लिक्वाङ्ग, मलेसियाका डा. महाभीर मोहम्मद, संयुक्त अरब इमिरेट्सका शङ्ख मायेदविन सुल्तान, चीनका माओत्सेतुङ, काजिस्तानका नुर सुल्तान नाज कायेम यस्ता थुप्रै उदाहरण छन् ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापनले प्रकाशन गरेको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८र७९ मा धोबिघाट (दोस्रो) ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उल्लेख गरे पनि अझै काम सकिएको छैन । आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुर महानगरपालिका वडा नं ३ स्थित धोबिघाटमा तीनवटा प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने हो तर हालसम्म एउटा मात्र प्रशोधन केन्द्र निर्माण भएको छ । त्यो पनि प्रयोगमा आउन सकेको छैन ।
सार्वजनिक खरिद ऐनमा सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णय बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन जोड दिइएको छ । सार्वजनिक खरिद प्रक्रियामा बढीभन्दा बढी प्रतिस्पर्धा, स्वच्छता, इमानदारी, जवाफदेहिता र विश्वसनीयता प्रवर्धन गर्नु पर्छ । सार्वजनिक निकायले परामर्श सेवा खरिदको व्यवस्थापन क्षमता अभिवृद्धि गरी सेवाप्रदायकलाई भेदभावरहित खरिद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गर्नु पर्छ ।
गण्डकी प्रदेश राजधानी पोखरा महानगरमा दुग्ध विकास संस्थान (डिडिसी) ले दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने भएको छ । वडा नं २५ हेम्जाको सुइखेता खोलानजिक करिब २५ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराएर त्यहाँ कारखाना स्थापना गर्ने तयारी भएको छ । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत राजमार्गसँगै जोडिएको जग्गा वा त्यसकै भित्रपट्टिको अर्को जग्गा कारखाना खोल्नका लागि उपलब्ध गराउन महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ ।
पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गराइएको छ ।
केरामा ‘पानामा’ रोग फेला परेपछि सरकारले केरा आयातमा सतर्कता अपनाउन थालेको छ । भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिने केराको माध्यमबाट रोग पनि भित्रिन सकिने सम्भावना भएकाले त्यसका लागि सतर्कता अपनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
डडेलधुरा अस्पतालले ओपिडी सेवा सञ्चालन हुने समयावधि थप गरेको छ । अब बिहान ९:३० देखि साँझ ५:०० बजेसम्म सेवा सञ्चालन हुने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सन्तोष गुप्ताका अनुसार असोज २ देखि लागु हुने गरी ओपिडी सेवाको समय थप गरिएको हो । सेवाग्राहीको गुनासो सम्बोधन गर्न तथा अस्पतालको सेवा थप प्रभावकारी बनाउन नयाँ कामको सुरुवात गरिएको उहाँले बताउनुभयो । सङ्घीय सरकार मातहत रहेको यस अस्पतालमा विषय विशेषज्ञ चिकित्सकको भने सधैँ अभाव रहने गरेको छ ।
दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र चार वर्षदेखि परिषद्विहीन अवस्थामा छ । २०६७ साल असार २८ गते साबिकका २१ गाविस समेटेर घोषणा गरिएको अपिनाम्पा संरक्षण क्षेत्रमा परिषद् गठन नहुँदा कामकाज प्रभावित हुँदै आएको छ । परिषद् गठनका लागि राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाबिच छलफल भए पनि सहमति हुन नसक्दा परिषद् गठनमा ढिलाइ हुँदै गएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिनुभयो ।
जिल्लामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा कृषकलाई स्याउ भण्डारण गर्न समस्या भएको छ । कृषकले स्याउ उत्पादन गरेर राम्रो आम्दानी गर्दै चिस्यान केन्द्र नहुँदा उत्पादित स्याउ सस्तो मूल्यमा एकै पटक बिक्री गर्न बाध्य भएका हुन् । छायानाथ रारा नगरपालिका–४, ताल्च रितु नर्सरी फार्मका सञ्चालक किसान मणिचन्द्र भामले जिल्लाकै कृषि क्षेत्र हेर्ने जिल्लाको कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरणले स्याउ भण्डारण र सङ्कलनसम्बन्धी तालिमसमेत नदिएको किसानको गुनासो छ । भण्डारण व्यवस्थित हुन सके बेमौसममा पनि स्याउ बिक्री गर्न सकिने उहाँको अपेक्षा छ ।
ढुवानीको साधनबाट मालवस्तुको ओसारपसार गर्दा लाग्ने मूल्य अभिवृद्धि करबापतको कारोबार सीमा बढेको छ । अबदेखि ढुवानी सेवा प्रदान गर्दा वार्षिक कारोबार ५० लाख रुपियाँ नाघेमा मुअकर (भ्याट) मा अनिवार्य दर्ता हुनुपर्ने छ । यसअघि यस्तो सीमा वार्षिक २० लाख रुपियाँ थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
ठकुरी समुदायले मनाउने गौरा (दुवाटु) को अवसरमा आयोजित जिल्लास्तरीय देउडा महोत्सव सम्पन्न भएको छ । महोत्सवको अवसरमा महिला तथा पुरुषले प्रतिस्पर्धाबिनै देउडा गीत गाएर सम्पन्न भएको हो । खार्पुनाथ गाउँपालिका–५ को आयोजनामा देउडा महोत्सव आयोजना गरिएको वडाध्यक्ष भरतजङ्ग शाहीले बताउनुभयो ।
असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को प्रचारप्रसारका लागि चलचित्रको निर्मातादेखि कलाकारसम्मको टोली नेपालगन्जमा आएको छ । चितवन हुँदै नेपालगन्ज आइपुगेको टोलीमा ‘परदेशी २’ को मुख्य भूमिकामा रहनुभएका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेतृ केकी अधिकारी, निर्देशक नारायण रायमाझीलगायतका ‘परदेशी २’ को टिमले नेपालगन्जका विभिन्न विद्यालयमा युवासँग भेट गरेर प्रचारप्रसार गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पदाधिकारीमा आफन्त नै आफन्तलाई मनोनीत गरिएको छ । चार जना सांसद भएको लोसपा नेपालले ६२ सदस्यीय पदाधिकारी र ३११ सदस्यीय केन्द्रीय समितिमा आफन्तको बोलबाला भएको हो ।