स्पेनको च्याम्पियन क्लब रियल म्याड्रिडले ट्रफी जितेर गत सत्र सकाएको थियो। सो क्लबले यस सत्रको सुरुवात ट्रफी जितेर नै गर्न चाहेको छ। यसका लागि रियल म्याड्रिडले बुधबार जर्मनीको आइन्ट्राक्ट फ्रान्कफर्टसँग यूईएफए सुपर कपको उपाधि भिडन्त गर्दैछ। यूएएफए सुपर कप नयाँ सत्रको सुरुवातमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हुने गर्दछ। सो खेल फिनल्यान्डको हेलसिन्कीमा हुनेछ। फिनल्यान्डमा पहिलो पटक यूईएफएको फाइनल हुन लागेको हो।
जिल्लाका अधिकांश गाउँ सडक सञ्जालमा नजोडिएकाले दैनिक जीवनयापन कष्टकर बनिरहेको छ । सिकिस्त बिरामीलाई समेत स्वास्थ्य संस्थामा बोकेरै पु-याउनुपर्ने बाध्यता छ । गाउँमा कोही बिरामी परे भने स्वास्थ्य संस्थामा ल्याउन डोको, झोलुङ्गो र स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्थासम्म पु-याइन्छ । भुमे, पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिका गरी तीन पालिकाले बनेको जिल्लामा यातायातको सहज पहुँच नहुँदा समस्या भोग्नुपरेको हो ।
लक्षीपुर पतारी गाउँपालिका–६ सितापुर पतारी जाने सडको पानी निकास नहुँदा विगत सात वर्षदेखि सयौं विगाहा जमीनमा पानी जमेर उत्पादन हुन सकको छैन । पानी निकासको लागि स्थानीयहरुले गाउँपालिकासँग माग गर्दै आइरहेका छन् ।
मुस्लिम समुदायले मनाउने महान् पर्व मोहर्रम केही वर्षयता हिन्दु समुदायले पनि मनाउन थालेपछि सद्भावको पर्व बन्दै गएको छ । हिन्दुले समेत मनाउन थालेपछि धार्मिक सद्भावको पर्वका रूपमा विकसित हुँदै गएको हो । तराईका हिन्दु र मुस्लिम समुदायले एकैसाथ मनाउन थालेपछि छुट्टै रौनक थपिएको छ ।
पर्वत सदरमुकाम कुश्मा बजारको मुख्य सडक शिवालय चोकदेखि प्रगति चोकसम्मको सडक फुटपाथ व्यापारीले अतिक्रमण गरी सामान राख्दा पैदलयात्रीलाई सास्ती भएको छ। मुख्य बजारक्षेत्रको मुख्य सडक व्यापारीका कारण अस्तव्यस्त हुँदा पनि सम्बद्ध निकायले कुनै चासो देखाएको छैन। कुश्मा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसमेत यो समस्या समाधानमा मौन देखिएका छन्।
वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र पर्ने १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा परेका विद्यालय महानगरपालिकाबाट पाउने सबै प्रकारका सेवासुविधा र अनुदानबाट वञ्चित हुनेछन्।
कैलालीमा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकलमा पछाडि सवार एक जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित ६ लेन सडकमा दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडैको ज्यान गएको हो ।
मधेशको जीवनरेखाका रूपमा लिइएको हुलाकी सडकमा कालोपत्रे भएपछि दक्षिणी भेगका बासिन्दा खुसी भएका छन्। सिरहाको सदरमुकाम सिरहा र सप्तरीको सदरमुकाम राजविराज सुक्खा मौसममा जान सो सडक प्रयोग भइरहेको छ।
सप्तकोसी कटानले एक सातायता डुबानमा परेको उदयपुर र सुनसरीको प्रभावित क्षेत्रका बासिन्दा जोखिम कायमै रहेकाले अझै घर फर्किन सकेका छैनन्। सप्तकोसीको भङ्गालो पसेर डुबानमा परेपछि सुरक्षित स्थानमा बस्दै आएका करिब दुई हजार पाँच सय घरपरिवार प्रभावित जोखिम कायम रहेकाले घर फर्किन सक्ने अवस्था नरहेको बेलका नगरप्रमुख अशोक कार्कीले बताउनुभयो।
कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैसँग राख्नु भएको छ ।
नौलो तथा मीठो फल ड्रागन खेतीले फल दिन थालेपछि व्यवसायी खुसी भएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उहाँहरू खुसी भएका हुन् । २०७७ भदौ ११ मा लगाइएको बिरुवाले फल दिन थालेको पूर्व वन अधिकृत तथा वेस्टर्न मल्टी एग्रिकल्चर एन्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष रमेश चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी व्यवसायमा सफल भएका छौँ, ड्रागनले फल दिन थालेको छ ।” नौलो व्यवसाय भएकाले कस्तो हुन्छ भन्ने चिन्ता लिनुभएका उहाँले फल लागेपछि खुसी भएको बताउनुभयो ।
मेलम्ची नगरपालिका–१२ का अमर तामाङ शिक्षण पेसा गर्नुहुन्छ। मेलम्ची ६ को तालामाराङमा रहेको जागेश्वरी आधारभूत विद्यालयमा अङ्ग्रेजी विषय अध्यापनरत उहाँ दैनिकजसो मोटरसाइकलमा विद्यालय जाने गर्नुभएको छ। सोमबार बिहान ८ बजे घरबाट विद्यालयका लागि निस्कनुभएका उहाँ १० बजे विद्यालय पुग्नुपर्नेमा बाढीले क्षति पुगेका सडक नबन्दा मध्याह्न १२ बजेसम्म मेलम्ची ११ सिमखेतमा रोकिनु भयो। “पोहोर झन् कठिन थियो, अहिले त सडकमा केही सुधार होला भनेको समस्या उही छ”, उहाँले चिन्ता व्यक्त गर्नुभयो, “यस्तो हुँदा पठनपाठन अवरुद्व हुन्छ। विद्यालय पुगेर एक–दुई घण्टा पढाउन पाए पनि विद्यार्थीलाई सहज हुन्थ्यो,” उहाँले भन्नुभयो।
भेरी लिफ्टिङ्ग खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’ हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आगामी ३० वर्षको अवधिमा बृद्धि हुनसक्ने जनसंख्यालाई पानीको सहज आपूर्ति गर्ने उद्देश्य राखी निर्माण गर्न लागिएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर माथी विज्ञहरुबाट पुनः परामर्श लिन लागिएको हो ।
आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा नयाँ आर्थिक वर्षदेखि सबै सरकारी कर्मचारीको तलबमानमा १५ प्रतिशतले बढोत्तरी गरिएको घोषणा गरिएको थियो। बजार भाउ वृद्धिकै अनुपातमा नभए पनि कर्मचारीलाई केही हदसम्म राहत दिन यो बढोत्तरीलाई सकारात्मक रूपमा लिइएको समेत हो तर विगत केही दिनदेखि तलब वृद्धिका सम्बन्धमा कर्मचारीबीच नै अविश्वासको वातावरणको सिर्जना भइरहेको छ। माथिल्लो तहका कर्मचारीको असन्तुष्टि यसको कारक तत्वका रूपमा देखिएको छ। अन्य कर्मचारीको पनि आफ्नै किसिमका असन्तुष्टि सार्वजनिक भएका छन्। नायब सुब्बा तहका कर्मचारीमा समेत असन्तुष्टि देखिएपछि वातावरण खल्लो जस्तो भएको छ।
सिद्धान्ततः कर्मचारी संयन्त्र र राजनीतिलाई एकअर्काका परिपूरकका रूपमा हेरिन्छ। लोकतन्त्रको सफल सञ्चालक भनेका निर्वाचित जनप्रतिनिधिहरू र योग्यता प्रणालीमा निखार आई सोही आधारमा नियुक्ति भएका कर्मचारीहरू नै हुन्। कर्मचारीहरूको व्यवहार, कार्यशैली यदि लोकतन्त्र अनुकूल भएन भने राजनीतिक व्यवस्थाप्रति जनताको विश्वास घट्दै जान्छ। त्यसैले राजनीतिज्ञहरूले आफ्नो असली अनुहार कर्मचारीतन्त्ररूपी ऐनामा हेर्नु पर्दछ तर यस्तो महìवपूर्ण संयन्त्रलाई नेपालमा सुशासनको मुख्यपात्रका रूपमा आजका दिनसम्म स्वीकार गर्न सकिएको छैन। कर्मचारीतन्त्रले पुरातन सोच मूल्य मान्यतामै अभ्यस्त रहनुले पनि यो अवस्था सिर्जना गरेको हो। लोकतान्त्रिक मूल्य र मान्यतालाई मेल नखाने गरी यो संयन्त्र सञ्चालित भइराखेको छ। लोकतन्त्र वा राजनीति र कर्मचारीतन्त्र विपरीत ध्रुवमा आबद्ध देखिन्छन्।