प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा आउनुभएको थियो ।
टोखा नगरपालिकाले आर्थिक रूपमा सक्षम हुने उद्देश्यले एक हप्तासम्म राजस्व सप्ताह मनाउने भएको छ । असोज १४ देखि २१ गतेसम्म नगरपालिकाले राजस्व सप्ताह आयोजना गर्न लागेको हो । नगरपालिका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको आन्तरिक स्रोत वृद्वि गरी करको दायरालाई फराकिलो बनाउनका लागि राजस्व सप्ताह आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार नागरिकलाई कर स्वेच्छाले तिर्न उप्रेरित गर्ने गरी आगामी १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरी कर सप्ताहको शुभारम्भ गरिने छ ।
फाल्गुनन्द लिङ्देन फिल्म्सको ब्यानरले चलचित्र ‘रित’ को सिक्वेल ‘रित २’ निर्माण गर्ने भएको छ । लिम्बू भाषा संस्कृतिमा आधारित चलचित्रको छायाङ्कन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौँ उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रका कथाकार तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रमा विशेष गरी लिम्बू जातिको विवाहमा दुलाहा र दुलही पक्षबिचमा हुने संस्कारको कथालाई समेटिने छ । चलचित्रमा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बू, विमला खजुम, तेज मेन्याङ्बो, पूर्ण सेलिङ, सागर केरुङ, याशेली योङहाङ, दिनेश माङ्मु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङको अभिनय रहने छ ।
चलचित्र ‘परदेशी–२’ को नयाँ गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक भएको छ । झ्याउरे भाकाको गीतमा प्रकाश सपुत, केकी अधिकारी र प्रशान्त तामाङलाई देखाइएको छ । नारायण रायमाझी निर्देशन रहेको गीतमा रायमाझीसँगै तेजेन्द्र गुरुङ, टीका पुन, देवी घर्ती र ममता गुरुङको आवाज सुन्न सकिन्छ । गीतको शब्द पनि निर्देशक रायमाझी स्वयम्ले कोर्नुभएको छ । गीतमा प्रेमदेव गिरीले सङ्गीत दिनुभएको छ ।
विवादमा तानिएको विद्यालय शिक्षासम्बन्धी विधेयकबारे यति बेला सरोकारवालामाझ बहस र छलफल सुरु भएको छ । यसको बहस नेपाली कांग्रेसको संसदीय दलसम्म पुगिसकेको छ भने अन्य दलका नेताले पनि समस्या समाधान हुने गरी विधेयक पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । मार्टिन चौतारीले बुधबार आयोजना
राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । उहाँले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले शताब्दियौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ ।
चीनको औपचारिक भ्रमणको क्रममा ल्हासा भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चीनको स्वशाशित क्षेत्र तिब्बतका सिपिसी कमिटीका पार्टी सचिव वाङ सियाङले भेटवार्ता गर्नुभएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबारको घटनापछि पोखराको जनजीवन प्रभावित हुँदैगएको छ । मङ्गलबारबाट कास्कीसहित गण्डकी प्रदेशका सबै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द छन् ।
नेकपा (एमाले) ले चिकित्सक तथा स्वास्थ्यकर्मीले मर्यादित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा काम गर्न पाउने वातावरण तयार गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएको छ ।
ताप्लेजुङको सीमावर्ती गाउँ फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाका बासिन्दालाई सीमा प्रवेश अनुमति परिचयपत्र वितरण गरिएको छ ।
लुम्बिनी प्रदेशसहित कपिलवस्तुका स्थानीय पालिकाले मुस्लिम धर्मावलम्बीको विशेष पर्व १२ रबी अव्वल (पैगम्बर मोहम्मदको जन्मदिन) को अवसरमा स्थानीय बिदा दिएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार पर्यटन र हरित लगानी भन्ने मूलनाराका साथ ४४ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाली कांग्रेसका सांसदबीच शिक्षक विधेयक सम्बन्धमा छलफल भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशलाई मुलुककै आकर्षक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।