• १३ साउन २०८१, आइतबार

मोटरसाइकल अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, साउन २५ गते । कैलालीमा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकलमा पछाडि सवार एक जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित ६ लेन सडकमा दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडैको ज्यान गएको हो । 

दुर्घटनामा परी घाइते भएका उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जोरायलकै २२ वर्षीय सन्तोष मल्लले चलाएको से २ प ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ६ लेन सडकमा पल्टेको थियो । 

दुर्घटनामा मडैको टाउको र मुखमा चोट लागेको थियो । चालक मल्लको भने हातमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।