• ९ मंसिर २०८१, आइतबार

कर्णालीको मन्त्रिपरिषद् हेरफेर

blog

मुना हमाल

सुर्खेत, साउन २५ गते । कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैसँग राख्नु भएको छ । उक्त मन्त्रालयमा माओवादी केन्द्रबाट गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) हुनुहुन्थ्यो । उहाँको ६ महिनाको अवधि सकिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले आफै राख्नु भएको हो । 

प्रदेश प्रमुख तिलक परिवारले मुख्यमन्त्री शाहीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गर्नु भएको प्रदेश प्रमुख कार्यालय निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो । उक्त मन्त्रालय माओवादी केन्द्रका भागमा परेकोले मन्त्रीको नाम टुंगो लगाएर पठाउने विषयमा छलफल भइरहेको जनाएको छ ।