दाङमा छोरीको प्रेमीलाई घरमा बोलाएर एक जना शिक्षकले निर्घात कुटपिट गरेका छन् । विद्यार्थी कुट्ने छोरीका बुवा पाटेश्वर यादव लगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कविराज घिमिर धनकुटा, साउन २५ गते । बजारमा म्याद गुज्रेका खाद्य सामाग्री रहेको, मूल्यवृद्धि गरेको गुनासोको आधारमा धनकुटामा बजार अनुगमन गरिएको छ । बुधबार केही होटल, मिनी मार्केट, किराना पसल, डिलरको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय, धनकुटाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य सङ्घ, धनकुटाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्यवस्तु नष्ट गरिएको छ भने मूल्य सूचि अनिवार्य टाँस गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रशासकीय अधिकृत अंकित मग्रान्तीले बताउनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्यवस्तु विक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरेकामाथि कडाइ सुरु गरेको जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका डा. बच्चुराम कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार ४७ नयाँ सङ्क्रमित भएका हुन् ।
सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी योजनालाई ठेकेदारहरुले दुहुनो गाई बनाएको बताउनुभएका छ । यसरी राज्यलाई ट्रयापमा पार्ने गिरोहलाई आफूले नछोड्ने उहाँको भनाइ छ । मन्त्री चौधरीले एक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गर्नु भएको छ ।
जनार्जन खत्रीसर्लाही, साउन २५ गते। सर्लाहीको हरिवन नगरपालिका-१०, नयाँरोडमा बुधबार दिउँसो कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गस्थित नयाँरोड चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ७ च ९२२२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको ना ३३ प २२९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-११, बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुङ्गेलको मृत्यु भएको हो। ढुङ्गेललाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि वयोधा अस्पताल वीरगन्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। दुर्घटनामा संलग्न कार र कारका चालक काठमाडौंको चन्द्रागिरी नगरपालिका-१, बस्ने ५० वर्षीय रवीन्द्र गिरी प्रहरी नियन्त्रणमा छन्।
ओखलढुङ्गा, खानेपानी तथा सरसफाइ डिभिजन नं. २, मा कार्यरत सबइन्जिनियर रामबाबु यादवको योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।
प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। .
वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले सचिव कँडेलले सो कुरा बताउनुभएको हो ।
झापाको वबितामोड नगरपालिकाले सम्पति कर तथा भूमिकर बढाएको भन्दै चौतर्फी विरोध भएपछि पुरानै करलाई यथावत राख्ने निर्णय गरेको छ। जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यस अघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने निर्णय कार्यापालिका बैठकले गरेको हो।
परवानीपुर–सुख्खा बन्दरगाह सडकखण्ड अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी चोकमा रोकिराखेको एक भारतीय नम्बरको मालवाहक ट्रकबाट सशस्त्र प्रहरी बल १३ नम्बर गणको प्रहरी टोलीले १४३ किलो पाँच सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
सुन्दर वातावरण हरियाली डाँडाकाँडा पाखापखेराले भरिभराउ पाल्पा अहिले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनिरहेको छ । सुन्दर डाँडा श्रीनगरले पनि पर्यटक लोभ्याउने काम गरिरहेको छ ।
चार वर्षीया एक बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सो जानकारी दिएको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताउनुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताउनुभयो ।