समावेशीकरणको दिशामा एउटा फड्को :गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
जनगणना– २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९६ लाख २० हजार ३३७ मध्ये एक करोड ४९ लाख २८ हजार ५५२ अर्थात् ५०.४ प्रतिशत जनसङ्ख्या महिलाको छ । यसलाई आधार मान्दा पुरुषको तुलनामा महिलाको सङ्ख्या करिब दुई लाख ३६ हजार ७६७ बढी देखिन्छ । यति ठुलो जनसङ्ख्याले अहिले पनि निर्णायक तहमा नगन्य उपस्थिति मात्र देखाउँछ । अधिकार प्राप्तिका हरेक लडाइँमा महिलाको सहभागिता नभएको होइन । विद्यालय, विश्वविद्यालय, निजामती प्रशासन सेवा, हवाई उडान, समाजसेवा तथा राजनीतिलगायतका हरेक क्षेत्रमा आज महिलाको उपस्थिति उल्लेखनीय छ । यति हुँदाहुँदै पनि महिलाको सैद्धान्तिक त
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
राष्ट्रिय सूचना आयोगले सूचनामा पहुँचले सार्वजनिक निकायको पारदर्शिता र जवाफदेहिता बढाउँदै भ्रष्टाचारका अवसरहरू घटाउने प्रस्ट पारेको छ । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै आयोगले सूचनाको हकले सचेतनाका कारण सेवा प्रवाहमा सुधार गर्दै सुशासनका लागि योगदान गर्नेमा जोड दिएको छ ।
उज्यालोका लागि जीवनभर झरो (सल्लाको खोटो मिसिएको दाउरा) बाल्दै आउनुभएका ८७ वर्षीय सौकार बाजे (प्रेमसिंह ऐरी) को बिजुली बाल्ने सपना पूरा भएको छ । विद्युत् वितरण केन्द्र बैतडीले सिगास गाउँपालिका–१, अङ्डेगाडा र भौनी गाउँमा बिजुली पु¥याएपछि सौकार बाजे (प्रेमसिंह ऐरी) को बिजुली बाल्ने धोको पूरा भएको हो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचना गर्नका लागि गठित सुझाव उपसमितिले तयार गरेको प्रतिवेदनबारे जानकारी लिनुभएको छ । प्रतिवेदनबारेमा छलफल गर्नका लागि मङ्गलबार खुमलटारस्थित नार्कको कार्यालयमा उहाँले सरोकारवालालाई बोलाउनुभएको थियो । छलफलमा मन्त्री भुसालले नार्कको पुनर्संरचनाका लागि तयार पारिएको प्रतिवेदन एकीकृत रूपमा आउनुपर्ने सुझाव दिनुभयो ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
कैलाली बर्दगोरिया गाउँपालिका–२ स्थित सहयोगी हातहरू नेपाल संस्थाले सञ्चालन गरेको सहारा घरलाई एक करोड ५० लाख रुपियाँ सहयोग प्रदान गरिएको छ । सहारा घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय योजना आयोगले उक्त सहयोग प्रदान गरेको हो । सो संस्थाले सडकमा अलपत्र परेका, मानसिक रोगी, बेसहारा तथा असाहय नागरिकलाई सहारा दिँदै आएको छ । स्थानीय बलबहादुर विष्टले २०७० सालदेखि सञ्चालनमा ल्याउनुभएको सहारा घरमा मानसिक रोगी तथा असाह्य बालबालिका गरी एक सय जनाभन्दा बढीले आश्रय पाइरहेका छन् । देश/विदेशबाट उपलब्ध व्यक्ति तथा सङ्घ संस्थाको सहयोगबाट सहारा घर सञ्चालन हुँदै आएको छ ।
प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
सुदूरपश्चिमका १६ वटा भगवतीका बहिनीमध्ये बैतडीको प्रसिद्ध निङ्लासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशीको मेला सुरु भएको छ । मेलाको मुख्य आकर्षण स्वराडबाट घोडामा चढेर जाँत (झाँकी) आउने बेलामा कुहिरो लाग्ने गर्दछ । मेलामा भारतबाट समेत दर्शनार्थी आउने गर्छन् । दशरथचन्द नगरपालिका–२, देहिमाण्डौँस्थित निङ्लासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीका दिन मन्दिरको भण्डार घरबाट भण्डार ल्याएर मेलामा जाग्राम बस्ने क्रम बुधबारबाट सुरु भएको हो ।
सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता ९बास० सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित २० बुँदे घोषणापत्र जारी गरी खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, साँखे (फुलासी) स्थित २२० केभी न्यु खिम्ती सबस्टेसनको क्षमता बृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकामा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मङ्गलबार चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भई ३०० एमभिए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजना अन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो ।
राजधानीको भृकृटीमण्डपमा फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् प्रदर्शनी फर्नेक्स २०२३ सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा फर्निसिङजन्य उत्पादनको बृहत् प्रदर्शनी सुरु भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बुधबार आयोजित कार्यक्रममा मेलाको उद्घाटन गर्दै मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताउनुभयो । आन्तरिक उत्पादन बढाउने, निर्यात प्रवर्धन र आयात कम गर्ने सरकारको लक्ष्य रहेको बताउँदै मन्त्री रिजालले आयात मुलुकका लागि सुखद विषय नभएकाले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकारले पहलकदमी गर्ने धारणा राख्नुभयो । स्वदेशमै खेर गइरहेका काठको प्रयोग गर्नका लागि नीतिगत र कानुनी तवरबाट सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।