नेपाल माइक्रो इन्स्योरेन्सले नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले बुधबारबाट नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।
कपिलवस्तुमा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९८ औँ जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ धूमधामका साथ मनाइएको छ ।
विराटनगर महानगरपालिका-२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको सालिक अनावरण गरिएको छ ।
खानेपानीको महँगो शुल्क तिर्दैआएका हेटौँडा उपमहानगरपालिका १८ स्थित बड्कुलेका बासिन्दाले अब निःशुल्क खानेपानी उपभोग गर्न पाउने भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल नाराका साथ नियमित कार्यतालिकाअनुसार विजयादशमी २०८० को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ।
नेपाल–चीनबीचको कोरला नाका खुला गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला दुवै देशको नाका खोल्न सहमत भएपछि तयारी थालिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेशको असोज २४ र २५ गते जनकपुरधाममा हुन गइरहेको प्रथम अधिवेशनका लागि बिहीबार नारा र लोगो सार्वजनिक गरिएको छ ।
पाल्पाका चिकित्सकहरू अस्पतालको ओपिडी सेवा बन्दगरी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दैगएको भौतिक आक्रमणको विरोधमा पाल्पाका डाक्टरहरू सडकमा उत्रिएका हुन् ।
अनेरास्ववियु रत्नराज्य क्याम्पसले आयोजना गरेको अन्तरक्याम्पस स्तरीय फुटसल प्रतियोगिताको उपाधि शङ्करदेव क्याम्पसले हात पारेको छ ।
नेपाल राष्ट्र बैङ्कले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार दसैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कात्तिकको सुरुबाट नै नोट सटही सुविधा प्रदान गरिनेछ ।
नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनमाका लागि नेतृत्व छान्न शुक्रबार बिहानदेखि मतदान हुनेभएको छ । एमाले स्थायी कमिटी सदस्य एवम् निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले बिहीबार साँझ ८ बजेसम्म उम्मेदवारी फिर्ता गराउने र सहमतिको प्रयास जारी रहने जानकारी दिनुभयो ।
सहाराविहीन सडक मानवको उद्धारगरी आश्रय दिदैंआएको धनगढीस्थित दृष्टि फाउन्डेसनलाई विभिन्न सामग्री सहयोग गरिएको छ ।
कोशी प्रदेश सरकारले प्रदेश सामयिक कर असुलीसम्बन्धी कानुन बनाउने भएको छ । विधेयकको मस्यौदा गर्न बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो ।
नेकपा (एमाले) कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बन्दसत्र सुरु भएको छ । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि साँझ ५ बजेदेखि मात्र बन्दसत्र सुरु भएको हो ।
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ ।