• १६ भदौ २०८१, आइतबार

प्रदेश १ मा गत वर्षको तुलनामा कम रोपाइँ

blog

झापामा धान रोप्ने मेशिनद्धारा धान रोपिदै । तस्विर: गाेरखापत्र

दमक, साउन ३१ गते । प्रदेश १ मा अघिल्लो बर्षभन्दा कम रोपाइँ भएको पाईएको छ । कृषि विकास निर्देशानलय प्रदेश १ ले सार्वजनिक गरेको विवरण अनुसार साउन ३० गते सोमबार सम्ममा ९६ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो आर्थिक बर्षको यो अवधिमा ९८ दशमलव ४८ प्रतिशत रोपाइँ भएको थियो ।

प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टरमा धान खेती हुने गरेको छ । यसमध्ये अहिलेसम्म ३ लाख ८८ हजार ९०३ दशमलव ८६ हेक्टरमा धान रोपिएको छ । लगातरको बर्षा र बाढीका कारण धानखेती प्रभावित बनेको बताईन्छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा ९९ प्रतिशत धान रोपाइँ भएको छ । ८७ हजार ५०० हेक्टरमा धान खेती हुँदै आएकोमा अहिलेसम्म ८६ हजार ६ सय २५ हेक्टरमा धान रोपाई भइसकेको छ ।

प्रदेश १ मा पाँचथर र धनकुटामा सबैभन्दा कम रोपाई भएको छ । यि दूई जिल्लामा ८५ प्रतिशतमात्र रोपाई भएको कृषि विकास निर्देशानलयले सार्वजनिक गरेको छ । संखुवसभा, सोलुखुम्बु,उदयपुर,ओखढुङ्गा र खोटाङमा शतप्रतिशत रोपाई भएको छ ।

Author

विष्णुप्रसाद पोखरेल