• ३२ असार २०८२, बुधबार

सडक बनाउन खनिएको खाल्डोमा डुबेर बालकको मृत्यु

blog

जनार्जन खत्री
सर्लाही, असार ३२ गते ।
सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा सडक बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जानकीनगरका दिनेश यादवका छोरा छ वर्षीय सुशान्त यादवको पानीमा डुबेर मृत्यु भएको हो । मङ्गलबार बिहान १० बजेदेखि बेपत्ता भएका बालकलाई राति ११ बजेतिर सडक निर्माणका लागि जेसिबीले खनेको खाल्डोमा जमेको पानीमा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईले जानकारी दिनुभयो ।

डिएसपी भट्टराईका अनुसार मध्यरातमा शव फेला परेकाले बुधबार बिहान घटनास्थलको प्रकृति मुचुल्का गरिएको छ । उहाँले घटनास्थलमा कुनै प्रकारको समस्या नरहेको बताउनुभयो ।