देवरामप्रसाद यादव
सप्तरी, असार ३२ गते । सप्तरीको बोदेबर्साइन नगरपालिका ४ मा बुधबार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ । वडानम्बर ४ का गाउँब्लकमा रहेका घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
बोदे बर्साइन नगरपालिका ४ सिल्हट प्रसाहीको वडा कार्यालयको सभा हलमा नगर प्रमुख आतेशकुमार सिंह यादवले भुमिहीन परिवारलाई लालपुर्जा वितरण गर्नुभयो ।
लालपुर्जा वितरण गर्दै नगरप्रमुख यादवले दुई वर्षसम्म पालिकाभित्र गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने बताउनुभयो ।